शुक्रबार, कार्तिक २३, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • अब फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम चलाउन पैसा तिर्नुपर्ने !

अब फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम चलाउन पैसा तिर्नुपर्ने !

  • सोमवार, भदौ २०, २०७९
अब फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम चलाउन पैसा तिर्नुपर्ने !

काठमाडौं — मेटा कम्पनीले छिटै आफ्ना विभिन्न सोसल मिडिया प्लाटफर्म प्रयोगकर्ताका लागि विभिन्न सशुल्क फिचरहरु ल्याउने तयारी गरेको छ ।

सोसल मिडिया दिग्गज कम्पनी मेटाले कम्पनीमा एक नयाँ संरचना खडा गर्दैछ जसको काम फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएपमा सशुल्क फिचरका लागि काम गर्नु हुनेछ । उक्त शाखाको प्रमुखमा प्रतिति राय चौधरी हुनेछिन् जो यसअघि मेटाको अनुसन्धान विभाग प्रमुख भैसकेकी छिन् ।

स्मरण रहोस् ट्विटर तथा स्नापच्याट जस्ता सोसल मिडिया प्लाटफर्महरुमा यसअघि नै सशुल्क सेवा अर्थात् पेड सर्भिस उपलब्ध छन् । ट्विटरको सशुल्क भर्सनलाई ट्विटर ब्लु भनिन्छ भने स्नापच्याटमा पनि स्नापच्याट प्लस फिचर उपलब्ध छ ।

ट्विटर ब्लु तथा स्नापच्याट प्लसमा प्रयोगकर्ताले आम प्रयोगकर्ताले भन्दा विभिन्न नयाँ तथा विशेष फिचरहरु प्रयोग गर्न पाउँदछन् । ट्विटर ब्लु प्रयोगकर्तालाई हालैमात्र इडिट बटन उपलब्ध गराइएको छ ।

द भर्जका अनुसार मेटाले एक नयाँ महाशाखा खडा गरिरहेको छ जसको नाम New Monetization Experiences हो । यो महाशाखाले फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएपका लागि सशुल्क फिचर्समा केन्द्रित भएर काम गर्नेछ ।

मेटा कम्पनीको आन्तरिक सञ्चारपत्रको हवाला दिँदै द भर्जले उक्त खुलासा गरेको छ । यद्यपि, फेसबुकमा सशुल्क फिचर्सको चर्चा सुरु भएको यो पहिलोपटक भने होइन । यसअघि पनि विभिन्न समयमा यस्ता चर्चा चल्ने गरेका थिए ।

समाचार अनुसार मेटा कम्पनी आफ्नो विज्ञापनको व्यापार बढाउनमा लागेको छ । त्यसैले सशुल्क प्रयोगकर्ताका लागि मात्र विज्ञापनमुक्त सेवा दिने उसको योजना नभएको मेटाका विज्ञापन तथा व्यवसाय प्रडक्ट भिागका प्रमुख जोन हेगेम्यानले एक अन्तरवार्तामा बताएका छन् ।

स्मरण रहोस् स्नापच्याट, ट्विटर तथा फेसबुक जस्ता कम्पनीको आम्दानीको अधिकांस हिस्सा डिजिटल विज्ञापनहरुबाट आउँदछ । पेड फिचरका माध्यमबाट कम्पनीलाई विज्ञापन विना पनि आम्दानी हुने एक अर्को विकल्प प्राप्त हुनेछ जुन ट्विटर तथा स्नापच्याटले उपयोग गरिरहेका छन् ।

ट्विटरको सब्सक्रिप्सन प्रडक्ट अर्थात् ट्विटर ब्लुका लागि प्रयोगकर्ताले मासिक ४.९९ डलर तिर्नुपर्दछ भने स्नापच्याटले पनि सब्सक्रिप्सन सर्भिस हालै सार्वजनिक गरेको छ । एजेन्सीको सहयोगमा ।

चर्चामा

सम्बन्धित समाचार