बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढीगंगा नगरपालिका ९ को वडा कार्यालयलाई निशुल्क जग्गा

बुढीगंगा नगरपालिका ९ को वडा कार्यालयलाई निशुल्क जग्गा

  • सोमवार, भदौ २०, २०७९
बुढीगंगा नगरपालिका ९ को वडा कार्यालयलाई निशुल्क जग्गा

बाजुरा — बुढीगंगा नगरपालिका ९ को वडा कार्यालय निर्माणको लागि निशुल्क जग्गा दिएका छन् । बुढीगंगा नगरपालिका ९ बस्ने नृपबहादुर शाहीले वडा कार्यालय निर्माणको लागि निशुल्क जग्गा उपलब्ध गराएको वडा अध्यक्ष मीनबहादुर सिंहले बताए ।
वडा कार्यालय निर्माणका लागि ४ सय २७ बर्ग मिटर जग्गा निशुल्क उपलब्ध गराएको वडा अध्यक्ष सिंहले बताए । आईतबार जिल्ला मालपोत कार्यालय बाजुरामा रजिस्टेशन पास गरेर कार्यालयको नाममा लालपुर्जा बुझाएका छन् । जग्गा धनि नृप बहादुर शाहीले वडा अध्यक्ष मीनबहादुर सिंहलाई वडा कार्यालयको नाममा पास गरीएको जग्गाधनी प्रमाणपत्र बुझाएको उनले बताए ।
स्थानिय तह निर्माण पश्चात २०७४ सालमा भएको पहिलो स्थानिय तहको निर्बाचनमा साबिकको बाह्रबिस गाबिसबाट सेवा प्रवाह हुदै आएको सेवा वडा नम्बर ९ का जनताको पाएक पर्ने ठाउमा वडा कार्यालय निर्माण गर्ने उद्देश्यका साथ वडाको बिचमा पर्ने मेलडाडामा उक्त जग्गा निशुल्क दिएको छ ।
यसै बर्ष वडा कार्यालय निर्माणको लागि एक करोड बजेट समेत बिनियोजन गरिएको छ । वडा कार्यालय निर्माण पश्चात वडा नम्बर ९ का सबै बस्तिहरुलाई सेवा लिन सहज हुने स्थानियले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार