बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिका ६ मा भएकाे स्वास्थ शिविरबाट २ सय बढिले लिए सेवा

बडिमालिका नगरपालिका ६ मा भएकाे स्वास्थ शिविरबाट २ सय बढिले लिए सेवा

  • सोमवार, भदौ २०, २०७९
बडिमालिका नगरपालिका ६ मा भएकाे स्वास्थ शिविरबाट २ सय बढिले लिए सेवा

जंग रावल/ बाजुरा — जिल्लाकाे बडिमालिका नगरपालिका वडा नम्बर ६ मा दुई दिने निशुल्क स्वास्थ्य शिविरबाट २ सय बढिले सेवा लिएका छन । वडिमालिका नगरपालिकाकाे समन्वय र वडा नम्बर ६ का वडा अध्यक्ष कृष्ण खड्काको अगुवाइमा शनिबार र आईतवार निशुल्क स्वास्थ्य  शिविर सञ्चालन गरिएको थियाे ।

जिल्लाकाे बडिमालिका  ६ स्थित वडा कार्यालयमा रहेकाे काेर्ध सहरि स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरमा जिल्ला अस्पताल बाजुराका विशेषज्ञ डाक्टरले स्वास्थ्य परिक्षण गरि सेवा दिईएकाे थियाे।

शिविरमा नाक, कान, घाँटी, ढाड तथा भाईरल ज्वराे रोगका साथै महिलाको पाठेघर सम्बन्धि राेगकाे उपचार गरिएकाे शश्वतापसिंह कुँवरले बताए। शिविरमा २ सय ५० भन्दा बढी  बिरामिलाई निशुल्क अौषधि वितरण गरिएकाे डाक्टर कुवँरले बताएका छन ।

६ नम्बर वडाका वडाकाे पहलमा र बडिमालिका नगरपालिकाकाे समन्वयमा निशुल्क शिविरको माध्यमबाट भाईरल ज्वराे प्रभावितहरुलाई उपचार गरिएकाले स्थानीयहरु निकै खुसि भएका छन ।

 भाईरल ज्वराे फैलिए संगै बिरामिहरुलाई स्वास्थ्य सहरी स्वास्थ्य केन्द्रले उपचार सम्भव नभएकाले निसुल्क सिविर संचालन गर्न वडाले पहल गरेपछि निशुल्क शिविर संचालन गर्दा सर्वसाधारणले गाउकै स्वास्थ्य केन्द्रमा सेवा पाएकाे काेर्ध सहरि स्वास्थ्य केन्द्रले बताएकाे छ ।

भाईरल ज्वराे गाउँघरमा भयावह फैलिएकाले धेरै जसाे बिरामिहरु महिला ,पुरुष र बालबालिका सबैलाई संक्रमण हुने भएकाले गाउँकै स्वास्थ्य केन्द्रमा निशुल्क शिविर संचालन गरेकाेमा स्थानीयले वडाका अध्यक्ष लाई धन्यवाद व्यक्त गरेका थिए। डाक्टर शाश्वतसिंह कुँवरका अनुसार गाउँमा भाईरल ज्वराेले धेरै जसाेलाई निकै असहज भएकाे र केही उपचार पछि बिरामिलाई सहज भएकाे बताए । भाईरल ज्वराे धेरै जसाे बालबालिकाहरुलाई संक्रमण हुने र अन्य व्यक्ति भन्दा बालबालिकालाई जटिल हुने गरेकाेले धेरै जसाे बालबालिका र बृद्ध बुढा बुढि नै उपचारमा आएका डाक्टर कुवँरले बताए ।

बडिमालिका ६ मा रहेकाे काेर्ध सहरि स्वास्थ्य केन्द्रमा जटिल बिरामिहरु बाेक्ने ईमर्जेन्सी काे लागि स्टेचर पनि उपलब्ध नरहेकाे काेर्ध सहरि स्वास्थ्य केन्द्रले बताएकाे छ ।वडामा एउटा पनि बिरामी बाेक्ने स्टेचर नहुँदा स्वास्थ्य केन्द्र भन्दा टाढा बसाेबास गर्ने व्यक्तिहरु बिरामिलाई बाेक्न असहज भईरहेकाे स्थानीयकाे गुनासाे रहेकाे छ ।

सो निशुल्क शिविरलाई बडिमालिका नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष कृष्ण खड्काले उदघाटन गरेकाे थियाे ।

चर्चामा

सम्बन्धित समाचार