बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • अबिरल बर्षाले दर्जन बढि घर पहिरोको उच्च जोखिममा

अबिरल बर्षाले दर्जन बढि घर पहिरोको उच्च जोखिममा

  • बुधबार, भदौ १५, २०७९
अबिरल बर्षाले दर्जन बढि घर पहिरोको उच्च जोखिममा

टेक बहादुर बुढा — जिल्लाको खप्तड छेडेदह गाउपालिका वडा नं ३ मा दर्जनौं घर पहिरोको उच्च जोखिममा रहेका छन् । हिजो राती आएको अबिरल बर्षा ले गर्दा वस्ति बाढी पहिरोबाट प्रभावित भएका हुन ।  ३ नम्बर वडाका धनाल्त,टुनिसैन,ठेग्गाउ ,पुडाबाबला र धुर्तलाका दर्जन बढी घरहरु बाढी पहिरोको चपेटामा परेका छन । वडा नं ३ ठेग्गाउ निवासी नन्दे सार्कीको घर पनि पहिरोको मुखमा रहेको पिडित सार्कीले बताएका छन ।
स्थानीय सार्कीले भने हिजो राती १२/१ बजेको समयमा घरको अगाडी पहिरो आयो त्यसपछि घर पनि लागिहाल्छकि भनेर निकै चिन्तित बनेको बताए । पहिरोले गर्दा घर लिन लागिसक्योअब कति सम्म जाग्राम बस्नुपर्ने हो र अहिले आफुलाई ठुलो दसा लागेको बताए । स्थानीय सार्किको घरमा दुई ओटा साना बच्चा र आफु मात्र बस्ने गरेको र तिन ओटा छोरा भारतमा रहेका बताए ।
यस विपतको समयमा सरकार ले ध्यान दिन नसकेको भन्दै स्थानीय सार्कीले दुखेसो व्यक्त गरेका छन । तर खप्तड छेडेदह गाउपालिका वडा नं ३धनाल्तका वडा अध्यक्ष बिर्क बहादुर रावतले भने वडाबाट गर्नुपर्ने सहयोग र राहत को लागि गाउपालिका संग समन्वय गर्ने बताएका भए पनि हाल सम्म कुनै पहल नभएकाे स्थानियकाे गुनासाे रहेकाे  छ

चर्चामा

सम्बन्धित समाचार