शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडीमालिकाको पर्यटन प्रवद्र्धनका लागि बनाइएको वृत्तचित्र सार्वजनिक (भिडिओ सहित)

बडीमालिकाको पर्यटन प्रवद्र्धनका लागि बनाइएको वृत्तचित्र सार्वजनिक (भिडिओ सहित)

  • मङ्लबार, भदौ १४, २०७९
बडीमालिकाको पर्यटन प्रवद्र्धनका लागि बनाइएको वृत्तचित्र सार्वजनिक (भिडिओ सहित)

धनगढी: बाजुराको धार्मिक तथा पर्यटकिय क्षेत्र बडीमालिकाको प्रवद्र्धनका लागि बनाइएको वृत्तचित्र सार्वजनिक गरिएको छ। लामो समयदेखि बडीमालिकाको प्रचारमा लागिरहेको साइकल यात्री भरतविक्रम शाहको अगुवाइमा बनेको उक्त वृत्तचित्र मंगलबार सार्वजनिक गरिएको हो।

धार्मिक पर्यटनलाई लक्षित गरेर निर्माण गरिएको वृत्त चित्र फारवेस्टर्न राइडर नामक युट्यूब च्यानलबाट सार्वजनिक भएको छ। वृत्तचित्रमा बडीमालिकाको परिचय, धार्मिक महत्त्व र पर्यटकिय सम्भावनाका बारेमा जानकारी दिइएको छ। उक्त वृत्तचित्रले पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको शाहले बताए।

चर्चामा

सम्बन्धित समाचार