• होमपेज
  • समाचार
  • छोराले चलाएको मोटरसाइकलबाट खसेर आमाको मृत्यु

छोराले चलाएको मोटरसाइकलबाट खसेर आमाको मृत्यु

  • सोमवार, साउन २३, २०७९
छोराले चलाएको मोटरसाइकलबाट खसेर आमाको मृत्यु

काठमाडौँ — छोराले चलाएको मोटरसाइकलबाट खसेर आमाको मृत्यु भएको छ। आइतबार झापामा अर्जुनधारा नगरपालिकाको नारायण चोक र बुद्धशान्ति गाउँपालिकाको जयपुर चोक जोड्ने सडकखण्डमा दुर्घटना हुँदा नारायण चोककी ६२ वर्षीया लक्ष्मीमाया कार्कीको मृत्यु भएको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार छोरा सुमन कार्कीले चलाएको मोटरसाइकल पछाडि बसेकी उनको खसेर मृत्यु भएको हो। सुमनको बिएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ

चर्चामा

सम्बन्धित समाचार