• होमपेज
  • समाचार
  • जंगली च्याउ खाँदा एक बालिकाको मृत्यु

जंगली च्याउ खाँदा एक बालिकाको मृत्यु

  • आइतवार, साउन २२, २०७९
जंगली च्याउ खाँदा एक बालिकाको मृत्यु

सल्यान–  जंगली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ। प्रहरीका अनुसार सल्यान शारदा नगरपालिका–४ साइला कम्दकी ४ वर्षीया जोशना बस्नेतको मृत्यु भएको हो।

उनको शनिबार प्रादेशिक अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। शुक्रबार जंगली च्याउ खाँदा ४० वर्षीया मीना बस्नेत, छोरी २५ वर्षीया पवित्रा बस्नेत, ९ वर्षीय छोरा जोन बस्नेत र छोरी ४ वर्षीया जोशना बस्नेत बिरामी भएका थिए। उनीहरुलाई जिल्ला अस्पताल सल्यानमा सामान्य उपचारपछि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको थियो।

चर्चामा

सम्बन्धित समाचार