• होमपेज
  • राजनीति
  • मन्त्रिपरिषद् बैठक बस्दै, निर्वाचनको मिति घोषणा हुन सक्ने

मन्त्रिपरिषद् बैठक बस्दै, निर्वाचनको मिति घोषणा हुन सक्ने

  • बिहिबार, साउन १९, २०७९
मन्त्रिपरिषद् बैठक बस्दै, निर्वाचनको मिति घोषणा हुन सक्ने

संघीय संसदको निर्वाचनको मितिका बारेमा छलफल गर्नका लागि आज मन्त्रिपरिषद्को बैठक बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने सहरी विकास मन्त्री मेटमणि चौधरीले जानकारी दिए । मन्त्री चौधरीले भने- ‘प्रतिनिधि सभा चुनावको मितिबारे निर्णय हुने संभावना छ । अन्य मन्त्रालय गत एजेन्डाहरूमा पनि छलफल हुन्छ ।’

त्यसअघि आजै बिहान सत्ता गठबन्धनका दलहरूको बैठक बस्ने भएको छ । गठबन्धनको हिजो बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ मा निर्वाचन गर्न प्रस्ताव गरेका थिए । गठबन्धनका अन्य दलहरूले भने पार्टीमा आन्तरिक छलफलपछि निर्णय लिने प्रस्ताव गरेपछि आज बैठक बस्न लागेको हो ।

चर्चामा

सम्बन्धित समाचार