शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बुढीगंगा
  • होटेलमा नगरसभा गरेको बिरोध गर्नु पूर्बाग्रही मात्र हाे : नगर प्रमुख बानियाँ

होटेलमा नगरसभा गरेको बिरोध गर्नु पूर्बाग्रही मात्र हाे : नगर प्रमुख बानियाँ

  • बुधबार, साउन १८, २०७९
होटेलमा नगरसभा गरेको बिरोध गर्नु पूर्बाग्रही मात्र हाे :  नगर प्रमुख बानियाँ

बाजुरा — बुढीगंगा नगरपालिकाले नगर सभा होटेलमा गर्यो भन्नु पूर्बाग्राही मात्र भएको नगर प्रमुख रामबहादुर बानियाँले बताए । मंगरबार बुढीगंगा नगरपालिकाले आर्थिक बर्ष २०७९/०८० को बजेट सार्बजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन ।
साउन १२ गते नीति तथा कार्यक्रम भानोदय माबिको प्राङगडमा गरिएको थियो भने बजेट साउन १४ गते फालासेनमा रहेको बडिमालिका होटेलमा आयोजना गरिएको थियो ।
नगरपालिकामा भएको हलमा ६०/७० जना नअट्ने भएकोले नगर सभा होटेलमा गर्न ब्याए भएको नगर प्रमुख बानियाँले बताए । होटेलमा नगर सभा गर्नु पर्ने कुनै रहर नभएर बाध्यताले गर्नु परेको बताए ।
०७४ सालमा निर्बाचित जन प्रतिनिधिले एउटा नगर सभा र नगरपालिकाका कार्यक्रम गर्न हल समेत निर्माण नगरेका कारण होटेलमा नगर सभा गर्नु परेको बताए ।
पत्रकार सम्मेलनमा आर्थिक बर्ष २०७८/०७९ को नगर साभामा भएको खर्च ५ लाख १२ हजार ७ सय भएको र यो आर्थिक बर्ष २०७९÷०८० मा २ लाख २६ हजार ८ सय ९० रुपैया खर्च भएको छ । बिना आधारमा समाचार लेख्ने पत्रकारले यस्ता सत्य तथ्यलाई टेकेर समाचार लेख्न अनुरोध समेत गरेका छन् ।
संचार माध्याम र पत्रकारले प्रयोग हुनु हुदैन सत्य तथ्यामा आधारीत समाचारले समुदाय स्तरमा राम्रो हुने र देश बिकासमा पनि टेवा पुग्ने हुन्छ । भ्रमको समाचारले तस्य नआउदा सम्म काम गर्छ त्यो पछि समाचार लेख्ने ब्याक्तिको हैसिएत नागरिकले थाहा पाई हाल्ने बताए ।
होटेलमा आयोजना गरिएको नगर सभा बारे नेपाली काँग्रेश बुढीगंगाले ज्ञापन पत्र बुझाएको छ । जिल्ला स्थिति केही संचार माध्यमले चुनाव खर्च उठाउन होटेलमा नगर सभा शिर्षक बनाएर समाचार लेखेका थिए ।

चर्चामा

सम्बन्धित समाचार