• होमपेज
  • समाचार
  • माइक्रो दुर्घटना हुँदा १८ जना घाइते

माइक्रो दुर्घटना हुँदा १८ जना घाइते

  • मङ्लबार, साउन १७, २०७९
माइक्रो दुर्घटना हुँदा १८ जना घाइते

चितवन — चितवनको भरतपुर महानगरपालिका–२९ भोर्लेमा माइक्रो बस दुर्घटना भएको छ। प्रहरीका अनुसार दुर्घटनामा चालकसहित १८ जना घाइते भएका छन्।

घाइतेहरूलाई उपचारको लागि चितवन मेडिकल कलेज पठाइएको छ। सोमबार नारायणगढ-मुग्लिङ सडकखण्डमा धादिङतर्फ जाँदै गरेको बा ३ ख ८५८८ नम्बरको माइक्रो बस अनियन्त्रित भएर सडकबाट २५ मिटर तल खसेको थियो।माइक्रोमा अधिकांश मुक्तिनाथ विकास बैंक धादिङमा कार्यरत कर्मचारीहरु रहेको बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार