झापा — झापाको कन्काई नगरपालिका वडा नम्बर-३ स्थित सुरुङ्गा-कुमरखोद सडकखण्डमा एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
आइतबार दिउँसो मे १ च १६५४ नं. को एम्बुलेन्सले प्र १- ०१-०१५ प २१४८ नं.को स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार झापा गाउपालिका- ६ बस्ने २३ वर्षीय राजेश कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरिक्षक बसन्त पाठकले जानकारी दिए ।
डीएसपी पाठकका अनुसार नोबेल अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु हो ।
प्रहरीले एम्बुलेन्स र एम्बुलेन्स चालक बिर्तामोड नगरपालिका-१० बस्ने वर्ष ४६ वर्षीय चन्द्र बहादुर बि.क.लाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।