शुक्रबार, साउन ११, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगर प्रमुख र प्रवक्ता पर्यटन बोर्डमा

बडिमालिका नगर प्रमुख र प्रवक्ता पर्यटन बोर्डमा

  • बिहिबार, साउन १२, २०७९
बडिमालिका नगर प्रमुख र प्रवक्ता पर्यटन बोर्डमा

बाजुरा — बाजुराको बडिमालिका नगरपालिकाका प्रमुख र प्रवक्ताले पर्यटन बोर्डका अधिकारीहरुसँग छलफल गरेका छन । प्रसिद्ध धार्मिक तीर्थस्थल बडिमालिकामा जनै पुर्णिमाका दिन लाग्ने धार्मिक मेलाको व्यवस्थापन र पर्यटन आकर्षणबारे उहाँहरुबीच छलफल भएको हो ।

बडिमालिका नगरपालिकाका मेयर अमर खड्काले विहिबार पर्यटन वोर्डका कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीलाई भेटेर बडिमालिका क्षेत्रकाे तीर्थ यात्रा र साउन २७ गते लाग्ने धार्मिक मेलाबारे छलफल गरेका छन ।
कार्यकारी निर्देशक रेग्मीले बडीमालिका क्षेत्रको प्रचारप्रसारका लागि नेपाल पर्यटन वोर्ड आवश्यक पहल गर्ने बताएका छन ।

स्थानीय तहका जनप्रतिनिधि र स्थानीय पर्यटन व्यावसायि प्रतिबद्ध नभएसम्म पर्यटकीय गन्तब्यको रुपमा अगाडि बढ्न नसक्ने बताए । “त्यसका लागि नितिगत र योजनाका हिसाबले प्रचारप्रसार गर्न तयार रहेकाछौ ।” स्थानीय जनप्रतिनिधिहरु जागरुक भए पर्यटन बोर्ड सधैँ सहयोग गर्न तयार रहने उनको भनाई छ ।

सुदुरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक तीर्थस्थल समेत रहेको बाजुराको पर्यटकीय स्थल बडीमालिका नगरपालिकास्थित बडिमालिका मन्दिरमा प्रत्येक वर्ष साउन पूर्णिमाका दिन मेला लाग्ने गर्दछ ।

पर्यटन प्रर्वद्धनका लागि नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममै ‘बडीमालिका यात्रा वर्ष’ घोषणा गरेको छ । जनैपूर्णिमाका दिन लाग्ने मेला हेर्न आउने भक्तजनको सहज यात्रा र न्युनतम आधारभुत आवश्यकताहरु पूर्तिगर्नेबारे विषयमा पर्यटन बोर्डका अधिकारीहरुसँग छलफल भएको नगर प्रमुख खड्काले बताएका छन् ।

तीर्थस्थल पर्ने वडा नम्बर ७ का वडा अध्यक्ष बडिमालिका नगरपालीकाका प्रवक्ता धर्म उपाध्यायले सुदूरपश्चिमकै धार्मिक तथा पर्यटकीय गन्तव्य बडिमालिकालाई पर्यटन पर्वद्धन गर्नका लागि पर्यटन वोर्डको विषेश भुमिकाको लागि आफूहरुको अपक्षा गरेको पाध्यायले बताएका छन् ।

वडा अध्यक्ष तथा प्रवक्ता पाध्यायले मेयर सावको नेतृत्वमा नगरपालिकाको टिम देशको राजधानि काठमाडौँमा आईतबार प्रचारप्रसारका लागि पत्रकार सम्मेल गर्ने बताएका छन। ।

चर्चामा

सम्बन्धित समाचार