• होमपेज
  • समाचार
  • सिद्धबाबालाई बलात्कारी भनेपछि रोशनी शाही पक्राउ

सिद्धबाबालाई बलात्कारी भनेपछि रोशनी शाही पक्राउ

  • मङ्लबार, साउन १०, २०७९
सिद्धबाबालाई बलात्कारी भनेपछि रोशनी शाही पक्राउ

काठमाडौं — पशुपतिनाथ क्षेत्रमा सातादेखि ‘अतिरुद्र महायज्ञ’मा जुटिरहेका बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्ण गिरीविरुद्ध नाराबाजी गरेपछि रोशनी शाही पक्राउ परेकी छन्।

शाहीले मंगलबार पशुपतिनाथ परिसरमा पुगेर सिद्धबाबाविरुद्ध नाराबाजी गरेकी थिइन्। प्रहरी स्रोतका अनुसार उनलाई अहिले महानगरीय प्रहरी बृत्त गौशालामा राखिएको छ।

पशुतपति परिसरमा सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानको नाममा ‘अतिरुद्र महायज्ञ’चलिरहेको छ। महायज्ञका प्रमुख वाचक गिरीविरुद्ध अहिले जिल्ला अदालत सुनसरीमा चलिरहेको मुद्दा विचाराधीन छ।

शाहीले तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध बलात्कार आरोप लगाएकी थिइन्।

चर्चामा

सम्बन्धित समाचार