• होमपेज
  • समाज
  • विकास बजेटमा मस्ती:केदारस्यूका निबर्तमान जनप्रतिनिधिले गरे टेलिफोन खर्च १४ लाख

विकास बजेटमा मस्ती:केदारस्यूका निबर्तमान जनप्रतिनिधिले गरे टेलिफोन खर्च १४ लाख

  • सोमवार, साउन ९, २०७९
विकास बजेटमा मस्ती:केदारस्यूका निबर्तमान जनप्रतिनिधिले गरे टेलिफोन खर्च १४ लाख

अर्थ जङ शाही/ बझाङ — गाउँपालिका जनप्रतिनिधिले आर्थिक वर्ष २०७७/०७८ मा १४ लाख २२ हजारको टेलिफोन मोबाइल खर्च गरेका छन् । महालेखा परीक्षकको २०७९ को वार्षिक प्रतिवेदनमा १४ लाख २२ हजारको टेलिफोन मोबाइल खर्च गरेको पाइएको हो । एक आर्थिक वर्षमा निवर्तमान गाउँपालिका अध्यक्ष इन्द्र भण्डारीले ७२ हजार, गाउँपालिका उपाध्यक्ष निशा धामीले ६० हजार, ९ जना वडाध्यक्षहरूले ३ लाख ७८ हजार, ६ जना कार्यपालिका सदस्यले २ लाख १६ हजार र ३० जना गाउँसभा सदस्यहरूले ६ लाख ९६ हजार खर्च गरेको पाइएको हो ।

सुदूरपश्चिम प्रदेशको स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्वन्धी ऐनमा पालिका प्रमुख तथा उपप्रमुखले स्वकीय सल्लाहकार राख्न नपाउने व्यवस्था गरेको छ । तर, केदारस्युँ गाउँपालकाका पूर्वअध्यक्ष भण्डारीले भने विपिन रोकायालाई स्वकीय सल्लाहकार नियुक्त गरेको पाइएको छ । भण्डारीले उनलाई मासिक १८ हजारका दरले भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तै, नियमविपरीत भान्सेमा प्रशान्त भण्डारीलाई नियुक्त गरी मासिक १५ हजार ९ सय ५० रुपैयाँका दरले तलब भुक्तानी गरेको पाइएको छ । उता ९ वटै वडामा पनि कानुनविपरीत गएर न्यायिक सहजकर्ता नियुक्त गरी प्रतिव्यक्ति मासिक १५ हजार पारिश्रमिक सुविधा दिएको प्रतिवेदनमा उल्लेख छ ।

चर्चामा

सम्बन्धित समाचार