• होमपेज
  • समाचार
  • बिहारको एक घरमा विष्फोट हुँदा ६ जनाको मृत्यु

बिहारको एक घरमा विष्फोट हुँदा ६ जनाको मृत्यु

  • सोमवार, साउन ९, २०७९
बिहारको एक घरमा विष्फोट हुँदा ६ जनाको मृत्यु

काठमाडौं — भारत बिहारमा एक भवनमा विष्फोट हुँदा ६ जनाको मृत्यु भएको छ । सारण जिल्लाको रियाज मियाँ नामका व्यक्तिको घरमा आइतबार विष्फोट भएको थियो ।

सारण प्रहरीका एसपी सन्तोष कुमारले घटनामा ६ जनाको मृत्यु र ४ जना घाइते भएको पुष्टि गरेका छन् ।

उक्त घरमा पटाका उत्पादन हुने गरेको स्थानीयले बताएका छन् । विष्फोटपछि घरमा आगलागी भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार