शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रवास
  • प्रवासमा नेपाली पत्रकारिता विषयक अन्तरक्रिया

प्रवासमा नेपाली पत्रकारिता विषयक अन्तरक्रिया

  • सोमवार, साउन २, २०७९
प्रवासमा नेपाली पत्रकारिता विषयक अन्तरक्रिया

नेपाल पत्रकार महासंघ युरोप शाखाले बेल्जियम नेपाली पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सहभागिता जनाउन नेपालबाट गण्डकी प्रदेशका निवर्तमान अध्यक्षसमेत रहेका त्रिभुवन पौडेल, रमेश खतिवडा, केसी लामिछाने र सुनिल खड्का बेल्जियम पुगेका थिए ।

कार्यक्रममा संचारकर्मीहरुलाई समस्या पर्दा युरोप शाखाले सहयोग र साथ दिएको भन्दै युरोप शाखाले गरेको योगदानको प्रशंसा गरिएको थियो । युरोपमा रहेका नेपाली समुदायहरूमा विभिन्न भर्चुअल कार्यक्रम आयोजना गरेर तत्कालिन समस्या समाधान र सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउन शाखा सफल रहेको अतिथिहरूले स्मरण गरेका थिए ।

बेनेलक्स तथा युरोपियन युनियनका लागि नेपालका महामहिम राजदूत गेहेन्द्रराज राजभण्डारीको प्रमुख आतिथ्यता र कार्यबाहक अध्यक्ष केजिन राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा शाखाका उपाध्यक्ष दिल निसानी मगरले स्वागत गन्तब्य राखेका थिए ।

कार्यक्रममा एनआरएन बेल्जियमका कोषाध्यक्ष श्लोकेन्द्र नेपाल, व्यवसायी मनिस गुरुङ, महिला व्यवसायी कल्पना मगर लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार