शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • मनोरञ्जन
  • ‘२ नम्बरी’को फस्टलुक सार्वजनिक, यस्तो छ दयाहाङ र सौगातको गेटअप

‘२ नम्बरी’को फस्टलुक सार्वजनिक, यस्तो छ दयाहाङ र सौगातको गेटअप

  • सोमवार, असार ६, २०७९
‘२ नम्बरी’को फस्टलुक सार्वजनिक, यस्तो छ दयाहाङ र सौगातको गेटअप

काठमाडौं — दयाहाङ राई र सौगात मल्ल स्टारर फिल्म ‘२ नम्बरी’को फस्टलुक सार्वजनिक गरिएको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा बनेको फिल्ममा दयाहाङ र सौगातलाई फरक गेटअपमा देखाइएको छ ।

रेड बर्ड प्रोडक्सनको प्रस्तुति रहेको फिल्मको फस्टलुकमा उपासना सिंह ठकुरी, उगेन छोदेन र बुद्धि तामाङ पनि अटाएका छन् । दीपक मनाङ्गे, अमलादेवी राई र जयश श्रेष्ठको लगानीमा बनेको यो फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन् ।

फिल्ममा सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन र जयन जे वाइबाको संगीत छ ।

फिल्म कात्तिक ४ गते देशव्यापी रिलिजको तयारीमा छ ।

चर्चामा

सम्बन्धित समाचार