शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रदेश ७
  • खप्तड भिडियो डकुमेण्ट्री प्रतियोगिता हुने

खप्तड भिडियो डकुमेण्ट्री प्रतियोगिता हुने

  • बिहिबार, असार २, २०७९
खप्तड भिडियो डकुमेण्ट्री प्रतियोगिता हुने

सुदूरपश्चिममै पहिलो पटक ३२ किलोमिटर लामो खप्तड–शैलेश्वरी म्याराथन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएपछि खप्तड भिडियो डकुमेन्ट्री प्रतियोगिता हुने भएको छ ।

खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिले प्रतियोगिताका लागि भिडियो डकुमेन्ट्री पठाउन सूचना सार्वजनिक गरेको छ । असार ८ गतेभित्र ईमेल मार्फत समितिको कार्यालयलाई भिडियो डकुमेण्ट्री पठाइसक्नु पर्ने सूचनामा उल्लेख छ ।

भिडियो डकुमेण्ट्रीमा खप्तड क्षेत्रको सौन्दर्य, प्राकृतिक तथा जैविक विविधता, ऐतिहासिकता, साँस्कृतिक तथा धार्मिक महत्व झल्किने हुनुपर्ने समितिको कार्यालयले जनाएको छ । अंग्रेजी वा नेपाली भाषामा तयार गरिएको भिडियो डकुमेण्ट्री बढीमा ७ मिनेटको हुनु पर्ने बताइएको छ ।

उत्कृष्ट एक भिडियो डकुमेण्ट्रीलाई ६० हजार रुपैयाँ नगद पुरस्कार दिइने समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काले जानकारी दिए । ‘खप्तड क्षेत्रको वारेमा जानकारी दिने र प्रचार प्रसारमा सहयोग पुग्ने उद्देश्यका साथ हामीले यो प्रतियोगिता आयोजना गरेका हौं’ खड्काले भने, ‘यसले पर्यटकीय प्रचार प्रसारमा सहयोग पुग्ने विश्वास छ ।’

भिडियो डकुमेण्ट्री प्रतियोगितासंगै फोटो प्रतियोगिता, निवन्ध र कविता प्रतियोगिता समेत आयोजना गरिने खड्काले बताए । ‘निबन्ध, कविता र फोटो पनि इमेलबाटै पठाउन सूचना गरिएको छ’ खड्काले भने ‘खप्तडको सौन्दर्य, प्राकृतिक तथा जैविक बिविधता, ऐतिहासिक, सांस्कृतिक, धार्मिक महत्व झल्किने निवन्ध र कविता अंग्रेजी वा नेपाली भाषामा हुने पर्नेछ ।’ खप्तड क्षेत्रको फोटो उच्च गुणस्तरको हुनुपर्ने उनले बताए ।

खड्काका अनुसार निबन्ध र कविता प्रतियोगितामा पहिलो हुनेलाई जनही २० हजार रुपैयाँ र दोस्रो हुनेलाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

यस्तै फोटो प्रतियोगितामा पहिलो हुनेलाई १५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । दोस्रो हुने फोटोलाई १२ हजार, तेस्रोलाई १० हजार, चौथोलाई आठ हजार र पाँचौंलाई पाँच हजार रुपैयाँ नगद पुरस्कार दिने व्यवस्था गरिएको कार्यकारी निर्देशक खड्काले बताए ।

चर्चामा

सम्बन्धित समाचार