आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • प्रदेश ७
  • बाजुरा लगायत सुदूरपश्चिमका ७ जिल्लामा फोन र इन्टरनेट सेवा अवरुद्ध

बाजुरा लगायत सुदूरपश्चिमका ७ जिल्लामा फोन र इन्टरनेट सेवा अवरुद्ध

  • बुधबार, जेष्ठ २५, २०७९
बाजुरा लगायत सुदूरपश्चिमका ७ जिल्लामा फोन र इन्टरनेट सेवा अवरुद्ध

बाजुरा — सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला सञ्चारविहीन भएका छन्। अत्तरिया–डडेल्धुरामा रहेको अप्टिकल फाइबरमा समस्या आएकाले मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द भएको नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमटाले जानकारी दिए।

सुदूर पहाडका बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, अछाम र बाजुरा सञ्चारविहीन भएको टमाटाले बताए। मङ्गलवार दिउँसो २ बजेदेखि अवरुद्ध रहेको टेलिकमको सेवा अझै सञ्चालन हुन सकेको छैन।

अवरुद्ध सञ्चार सेवा सञ्चालनका लागि धनगढीबाट प्राविधिकको टोली खटिएको नेपाल टेलिकम बैतडीका प्रमुख टमटाले जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार