• होमपेज
  • मनोरञ्जन
  • अभद्र व्यवहारको विषयमा सहमतिपछि मिरुना भन्छिन्, ‘दुःखित हुनुहुनेप्रति म हार्दिक क्षमायाचना गर्दछु’

अभद्र व्यवहारको विषयमा सहमतिपछि मिरुना भन्छिन्, ‘दुःखित हुनुहुनेप्रति म हार्दिक क्षमायाचना गर्दछु’

  • बिहिबार, जेष्ठ १९, २०७९
अभद्र व्यवहारको विषयमा सहमतिपछि मिरुना भन्छिन्, ‘दुःखित हुनुहुनेप्रति म हार्दिक क्षमायाचना गर्दछु’

अभद्र व्यवहारको विषयमा नायिका मिरुना मगर र फुर्पा शेर्पाबीच सहमति भएको दुई दिनपछि मिरुनाले यो घटनाका कारण दुःखित भएकाहरुप्रति क्षमायाचना गरेकी छिन् ।

उनले बिहिबार बिहान सामाजिक सञ्जालमा जेठ १५ गते सिभिल मलमा भएको पछिल्लो घटना र त्यसपछि जेठ १७ गते भएको सम्झौताको सन्दर्भमा केही कुराहरु प्रस्तुतसमेत गरेकी छिन् ।

उनले लेखेकी छिन्, ‘फूर्पा तामाङ ले जेठ १५ गते सिभिल मलमा आफूले अनुचित ढंगले नै मलाई छोएको र जेठ १७ गतेको दिन आफूबाट भएको यो दुर्व्यवहारका लागी निस्स्वार्थ रूपमा माफी मागेको र मैले वहाँको माफी स्विकार गरेकी छु । सबै पक्षका अग्रज प्रतिनिधी, बरिष्ठ लामागुरूहरू लगायत दुवै पक्षबाट सहमति भएको हो ।’

उनले जेठ १५ मा भएको आफ्नो कार्य कुनै पनि धर्म र समाजविरुद्ध नभई व्यक्तिविरुद्ध भएता पनि यस घटनाका कारण दुखी भएको समुदायप्रति माफी मागेकी छिन् । उनले लेखेकी छिन्, ‘जान अञ्जानमा दुःखित हुनुहुने बृहत समुदायमा म हार्दिक क्षमायाचना गर्दछु ।’

चर्चामा

सम्बन्धित समाचार