शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • आजदेखि संसदको बजेट अधिवेशन, दुई अध्यादेश पेश हुने

आजदेखि संसदको बजेट अधिवेशन, दुई अध्यादेश पेश हुने

  • मङ्लबार, जेष्ठ ३, २०७९
आजदेखि संसदको बजेट अधिवेशन, दुई अध्यादेश पेश हुने

काठमाडौं —  संघीय संसदको वर्षे अधिवेशन मंगलबारबाट सुरु हुँदैछ । दिउँसो ४ बजे बस्ने बैठकमा पाँचवटा सम्भावित कार्यसूची रहेका छन् ।

राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र र मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको व्यहोरा सभामुख अग्नि सापकोटाले पढेर सुनाउने कार्यतालिका छ ।

सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० को उपनियम १ बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने र दुईवटा अध्यादेश पेश गर्ने कार्यतालिका छ ।

कार्यतालिका अनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बनधी केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ पेश गर्नेछन् ।

कानुनमन्त्रीले नै यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ पेश गर्ने कार्यतालिका छ ।

आजै, अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यो अधिवेशनको मुख्य काम बजेट पारित गर्नु हो । यसकारण वर्षे अधिवेशनलाई बजेट अधिवेशन समेत भनिन्छ ।

संघीय संसद सचिवालयले मंगलबार बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गर्ने, भोलि पूर्वबजेट छलफल चलाउने, बिहीबार अर्थमन्त्रीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने र ७ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ ।

जेठ १५ गते संघीय संसदमा आगामी आर्थिक वर्षका लागि बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

चर्चामा

सम्बन्धित समाचार