शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडीमालिकामा एमालेले घरदैलो अभियान छाेट्याउदै

बडीमालिकामा एमालेले घरदैलो अभियान छाेट्याउदै

  • मङ्लबार, बैशाख २७, २०७९
बडीमालिकामा एमालेले घरदैलो अभियान छाेट्याउदै

बाजुरा — नेकपा एमाले बडीमालिका नगर कमिटीले आज घरदैलो अभियानलाई सम्पन्न गर्ने भएको छ । नेकपा एमालेबाट उम्मेदवार बनेका मेयर/उपमेयर, वडा अध्यक्ष र वडा सदस्यका उम्मेदवारहरुको मनोनयन दर्तापछि नेकपा एमाले बडीमालिका नगर कमिटीले बैशाख १८ गते नगरपालिकामा वडा नं. ४ को रिलाबाट चुनावी घरदैलो अभियान सुरु गरेको थियो ।
नगरका ९ वटै वडामा एमालेका मेयर/उपमेयरका उम्मेदवारहरु नगरको विकासका लागि आफ्नो पक्षमा मतदान गर्न भन्दै नगरबासी मतदाताहरुको घरदैलोमा पुगेका थिए ।
एमालेबाट नगर प्रमुखका उम्मेदवार अमरबहादुर खड्का र उपप्रमुखका उम्मेदवार नन्दा कुमारी थापा सहीतको टोलीले आज चुनावी घरदैलो अभियानको अन्तिम दिन बडीमालिका नगरपालिकाको वडा नं. ८ र ९ का मतदातासंग भेटघाट गरेको नगर कमिटी अध्यक्ष धर्मराज पाध्यायले बताएका छन् ।
०७४ मा भएको स्थानीय तह निर्वाचनमा नगरका ९ वडा मध्ये पाँच वटा वडामा जितेर पनि मेयर र उपमेयर गुमाएको एमालेले यो पटक विरासत फर्काउने गरि मेयरमा अम्मरबहादुर खड्का र उपमेयरमा नन्दा कुमारी थापालाई मैदानमा उतारेको छ । यस पटकको चुनावमा नगरपालिकामा पुरै नेतृत्व एमालेको बनाउने रणनीतिका साथ चुनावी प्रचारप्रसारलाई तिव्रताका साथ अगाडि बढाएको थियो ।
चुनावी घरदैलो अभियानमा मत माग्न नगरका ९ वटै वडामा पुगेका मेयर र उपमेयरका उम्मेदवारलाई मतदाताले गाउँमा भव्य स्वागत गरेका थिए । पढेलेखेका योग्य र नगरपालिकालाई समृद्ध बनाउने योजनासहित मत माग्न पुगेका अम्मर र नन्दा दुवै जनाको नेतृत्वलाई मतदाताहरुले जिताउन आफूहरु तयार रहेको वचन समेत मतदाताले दिएका छन् ।
मेयर उपमेयरका उम्मेदवारहरु मतमाग्न घरमा पुग्दा न्यानो आतिथ्यता सहीत अविर मालाले स्वागत समेत गर्ने गरेका थिए । बडीमालिकामा काँग्रेसको नेतृत्वको सरकार हुँदा जनताले पाएको सास्ती र विभेदका विरुद्धमा पनि बडीमालिकामा एमालेको नेतृत्व ल्याउन आवश्यक रहेको मतदाताहरुको प्रतिक्रिया छ ।
अमर खड्का सहकारी आन्दोलनका अभियान्ता र विकास योजनामा राम्रो ज्ञान राख्ने युवा नेता हुन्, भने थापा समाजको समस्यालाई राम्ररी बुझेकी योग्य उम्मेदवार हुन् ।
एमालेले बडीमालिका ४ बाट सूरु गरेको चुनावी घरदैलो अभियान आज ९ मा गरेर सकेको छ । एमाललले चुनावी घरदैलो अभियानका क्रममा मतदाताहरु एमालेप्रति उत्साहित देखिएको एमाले बडीमालिका नगर कमिटी अध्यक्ष धर्मराज पाध्यायको भनाई छ । बडीमालिकामा एमाले प्रति जनताको उत्साहले विपक्षी दल भने नगरमा चुनाव हारिने डरमा रहेको देखिन्छ ।

चर्चामा

सम्बन्धित समाचार