बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • डोटीमा जिप दुर्घटना हुँदा एकजना गम्भीर घाइते

डोटीमा जिप दुर्घटना हुँदा एकजना गम्भीर घाइते

  • शनिबार, बैशाख २४, २०७९
डोटीमा जिप दुर्घटना हुँदा एकजना गम्भीर घाइते

धनगढी — डोटीमा जिप दुर्घटना हुँदा एकजना गम्भीर घाइते भएका छन्। जिल्लाको मौवा दिपायल सडक खण्डमा से १ ज ७८४५ नम्बरको जिप दुर्घटना हुँदा सहचालक गम्भीर घाइते भएका हुन्।

सहचालक आर्दश गाउँपालिका २ का अन्दाजी २५ वर्षीय दिलबहादुर थापाको टाउको र ढाडमा चोट लागेको प्रदेश प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। घाइतेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ।

जिपमा चालक र सहचालक मात्र सवार रहेका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। चालक रमेश सामान्य घाइते रहेको र उनी प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ।

चर्चामा

सम्बन्धित समाचार