शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रदेश ७
  • जनताको मनोभावना बटुल्दै घरदैलो अभियानमा मेयरका उम्मेदवार सिंह

जनताको मनोभावना बटुल्दै घरदैलो अभियानमा मेयरका उम्मेदवार सिंह

  • बिहिबार, बैशाख २२, २०७९
जनताको मनोभावना बटुल्दै घरदैलो अभियानमा मेयरका उम्मेदवार सिंह

अर्थ जङ शाही/ बझाङ — वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बझाङमा उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन् । राजनीतिक दल र स्वतन्त्ररुपमा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष लगायतका पदमा उम्मेदवारी दिएसँगै यहाँ भोट माग्न घरदैलो अभियान सुरु भएको छ । यहाँको जयपृथ्वी नगरपालिकामा नेकपा (एमाले)बाट नगरप्रमुखका उम्मेदवार सुरत बहादुर सिंह र उपप्रमुखका उम्मेदवार जमुना चन्द (सिंह) लगायत पार्टीका नेतासहित वडा वडामा घरदैलो अभियान सुरु गरिरहेका छन् ।

उनीहरूले घरदैलो अभियानका क्रममा जितेपछि जयपृथ्वी नगरपालिकालाई मुलुकै एक उत्कृष्ट नगरपालिका बनाउने , समृद्धि र सुशासन कायम गर्ने बताएका थिए । मेयरका प्रत्यासी सिंहको भनाई- उम्मेदवारद्वयले सुशासन, समृद्धि,विकास निर्माण लगायतका शिक्षा,स्वास्थ्य, खेलकूद,खानेपानी लागयत क्षेत्रमा आवश्यकताका आधारमा सन्तुलित विकास गर्ने प्रतिवद्धता प्रकट गर्नुभयो।

चर्चामा

सम्बन्धित समाचार