बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • बुढीगंगा
  • परिवर्तनको आधार निर्माण गर्ने नेकपा एमाले बुढिगंगा ६ को घोषणा

परिवर्तनको आधार निर्माण गर्ने नेकपा एमाले बुढिगंगा ६ को घोषणा

  • बुधबार, बैशाख २१, २०७९
परिवर्तनको आधार निर्माण गर्ने नेकपा एमाले बुढिगंगा ६ को घोषणा

बाजुरा — परिवर्तनको आधार निर्माण गर्ने नेकपा एमाले बुढिगंगा ६ को घोषणा रहेको छ । हाम्रो योजना तपाईको मत, घर घरमा समृद्धिको छत भन्ने मुल नाराका साथ वडाको बिकास गर्ने नेकपा एमाले बुढिगंगा वडा न ६ ले जनाएको छ । आसन्न बैसाख ३० गते हुन गईरहेको निर्बाचनमा आफ्नो पक्षमा जित भएको खण्डमा समृद्ध वडा बनाउन योजना सहीत लागेको नेकपा एमाले बुढिगंगा नगरपालिका वडा न ६ ले जनाएको छ ।

स्थानीय सरकार बलियो र सक्षम बनाउन सकेनौं भने, हामीले खोजेको समृद्धि र रोजेको गुणस्तरीय जीवनको परिकल्पना समेत गर्न नसकिने भन्दै १८ बुदे घोषण पत्र सहित वडा न ६ मा मतदान गर्ने कार्य भईरहेको एमालेलले जनाएको छ ।
वडावासीलाई व्यवसायीक वनाउन र रोजगारी सृजना गर्न प्रत्येक घरधुरीको सर्वेक्षण गरी एक घर एक व्यवसाय को अभियानलाई अगाडी वढाईने घोषणा पत्रमा उल्लेख गरिएको छ ।

एक घर एक धाराको अभियान मार्फत सवै घरधुरीमा शुद्ध खानेपानीको व्यवस्था गर्ने, वाह्रै महिना सरर गाडी चढ्ने व्यवस्थाका लागि फालासैन र वाम्का देखि नगरपालीका जोड्ने सडकको कालोपत्रेको काम र पारि वेलकाँटियाको सडकको स्तरोन्नती गर्ने लगायतका प्रतिबद्धता रहेको एमाले बुढिगंगा ६ ले जनाएको छ ।
एक गाउँ एक उत्पादन कार्यक्रम मार्फत हाम्रो वडाका सवै टोलमा कृषि तथा पशुपन्छी तर्फको कार्यक्रम कार्यान्वयन गरी सवै घरधुरीलाई आयआर्जनसँग जोडिने गरी कार्यक्रम लागु गन
एक घर एक रोजगार नीति अनुसार १ सय दिन सबै परिवारले अनिवार्य काम पाउने व्यवस्था गरिने लगायतका योजनाहरु सार्बजनिक गरेको छ । युवा स्वरोजगार कार्यक्रम अन्तरगत कार्यक्रमलाई थप प्रभावकारी तथा नतिजामुखी र अन्य विभिन्न सीपमुलक व्यवसाय हाउस वायरिङ, ड्राईभिङ, बास निगालाका सामग्री निर्माण, माटाका भाँडा निर्माण ,मौषमी तथा बेमौषमी तरकारी खेती, कपाल काट्ने, आईसक्रिम बनाउने जस्ता व्यवसायका लागि तालिम गर्ने प्रतिबद्धता सहित घोषणा पत्र सार्बजनिक गरेको एमालेले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार