शुक्रबार, बैशाख २८, २०८१
  • होमपेज
  • राजनीति
  • जयपृथ्वीमा तीव्र बन्दै एमालेको घरदैलो अभियान

जयपृथ्वीमा तीव्र बन्दै एमालेको घरदैलो अभियान

  • शुक्रबार, बैशाख १६, २०७९
जयपृथ्वीमा तीव्र बन्दै एमालेको घरदैलो अभियान

अर्थ जङ शाही/ बझाङ — बझाङको जयपृथ्वी नगरपालिकामा नेकपा एमालेले घर दैलो अभियानलाई तीव्रता दिएको छ । यहाँका ११ वटै वडाहरूमा एमालेका उम्मेदवारहरू घर दैलोमा निस्किएको नेकपा एमालेका केन्द्रिय सदस्य तथा बझाङ जिल्ला सहइञ्चार्ज ऐन महरले जानकारी दिए ।

उनी सहित नेकपा एमाले केन्द्र सदस्य तथा बझाङ जिल्ला सहइन्चार्ज अफिलाल ओखेडा, केन्द्रीय सदस्य तथा बझाङ जिल्ला सहइन्चार्ज आशा कुमारी विक लगायतको नेतृत्वमा आज वडा नम्बर ११ मा घर दैलो भएको हो । घर दैलो अभियानमा एमालेको तर्फबाट जयपृथ्वी नगरपालिकामा मेयर पदका उम्मेदवार सुरत बहादुर सिंह र उपमेयरकी उम्मेदवार जमुना चन्द पनि सहभागी रहेकी थिन।

No description available.

उनीहरूले घरदैलो अभियानका क्रममा जितेपछि जयपृथ्वी नगरपालिकालाई मुलुकै एक उत्कृष्ट नगरपालिका बनाउने , समृद्धि र सुशासन कायम गर्ने बताएका थिए ।
यस अघि जयपृथ्वी नगरपालिको प्रमुखमा एमाले विजयी भएको थियो । यस पटक प्रमुख र उपप्रमुख सहित अधिकांश वडामा जित सुनिश्चित रहेको एमाले केन्द्रिय सदस्य समेत रहेका बझाङ जिल्ला सह इन्चार्ज महरले बताए ।

चर्चामा

सम्बन्धित समाचार