आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • समाज
  • गुम्बा गाउँको नदिमा अझै बनेन् झोलुङ्गे पुल, १० बर्षमा ७ जना बेपत्ता (भिडियो सहित)

गुम्बा गाउँको नदिमा अझै बनेन् झोलुङ्गे पुल, १० बर्षमा ७ जना बेपत्ता (भिडियो सहित)

  • शनिबार, बैशाख ३, २०७९
गुम्बा गाउँको नदिमा अझै बनेन् झोलुङ्गे पुल, १० बर्षमा ७ जना बेपत्ता (भिडियो सहित)

बाजुरा–बाजुराको हिमाली गाँउपालिका ३ गुम्बा गाउँ जाने बाटोमा अझै झोलुङ्गे पुल निर्माण भएको छैन् । गुम्बा गाउँजाने बिच बाटोमा पर्ने छिन्दु खोलामा झोलुङ्गे पुलका लागि स्थानियले सरकार सँग पटकपटक आग्रह गर्दा पनि सरकार बेखबर बनेको छ ।
छिन्दु खोलामा पुल नहुदा बर्षेनी बगेर बेपत्ता हुने भएपनि अहिले सम्म पुल निर्माण हुन सकेको छैन् । झोलुङ्गे पुल निर्माणका लागि हारगुहार गरेको भएपनि कसैको ध्यान नगएको वडा सदस्य जगत लामाले वताएका छन् । स्थानियले स्थानिय सरकार, प्रदेश, संघ सरकार कहाँ पुल बनाइदिन आग्रह गरेको भएपनि कसैले वास्ता नगरेको स्थानियले वताएका छन् ।
बिकट ठाँउमा रहेको छिन्दु नदिमा बर्षेनी नदि तर्ने बेला बगेर बेपत्ता र मृत्यु हुने गरेको छ । छिन्दु खोलामा १० बर्ष यता ७ जनाको नदिमा बगेर बेपत्ता भएको स्थानिय लालु कुबर भोटेले वताए । जोखिम मोलेर बाध्य भएपनि खोला तर्नुपर्ने रहेको कुवरले वताए । बैशाख ३० गते हुने स्थानिय चुनावमा गुम्बाको हिमालभक्ति आधारभुक्त बिद्यालयमा मतदान केन्द्र रहेको छ । त्यहाँ निर्वाचनका गराउन जाने कर्मचारीलाई पनि पुल नहुदा सकस हुने भएको छ ।
.नदि तरेर हिमाली गाँउपालिका ३ गुम्बा, लाम्पाटा गाँउ र हिमाली क्षेत्रमा जाने गर्छन् । १० बर्ष यता मात्र आफुलाइ जानकारी भए अनुसार ७ जनाको बगेर बेपत्ता भएका छन्, केही त आफुहरुलाइ पनी थाहा नभएको वडा सदस्य जगत लामाले वताएका छन् । छन्देब लामा, फुली गुरुङ्ग, लुलु गुरुङ्ग, फुलमाया कुवर र गुराउसे लामा रहेका छन्, उहाँहरु त आफुहरुले नदि तर्ने बेला बगेर मृत्यु भएको जानकारी छ, नत्र यो बाटो भएर भेडा, बाख्रा, चौपाया लिएर धेरै जान्छन्, अरुको पनि मृत्यु भएको हुन सक्ने लालु कुवरले वताए ।
मानिस मात्र नभई पशु चौपाया त बर्षेनी धेरै बगाएर मर्ने गरेका छन् । नदिमा पुल भएको भए यसरी ज्यान जाने थिएन्, निकै बिकट भएकाले कसैले सुनिदिदैन्, बाध्य भएर आवतजावत गर्ने गरेका छौ, बाध्यताले ज्यान जाने गरेको स्थानिय फुलमति गुरुङ्गले वताईन् । छिन्दु खोला र गुम्बा खोलामा पुल नहुँदा डोरीले तानेर पनि स्थानिय वारपार गर्ने गरेको स्थानियले वताएका छन् । बाजुराको सर्वाधिक बिकट गुम्बा गाँउ जाने दुई नदिमा झुलङ्गे पुल नहुँदा डोरीले तानेर वारपार गर्ने गरेका छन् । अहिले बर्षातको समयमा भने पुणर् रुपमा आवतजावत बन्द हुने गरेको छ ।
नदि ठुलो भएकाले हिउँदको समयमा पनि नदि तर्न सकिदैन् । गुम्बा गाँउमा २६ परिवार र लाम्पाटा गाउँमा १२ परिवार बसोवास गर्ने गरेका छन् । हिमाली गाँउपालिका बौडी देखी गुम्बा पुग्दा सम्म दुबै नदिमा झुलङ्गे पुल नहुँदा कष्टकर तरिकाले नदि तर्ने गरेको सदस्य लामाले वताए । गुम्बा खोला त अलि सानै रहेको छ । छिन्दु खोला हिउँदमा त तर्न सकिन्न बर्षात झनै समस्या हुने गरेको स्थानियले वताएका छन् । नदि भिरालो भएर बग्ने भएकाले पौडी खेलेर तर्न समेत समस्या भएको लालु कुवरले भने । हिउँदको समयमा काठेपुल निर्माण गरेपनी बर्षातमा बगाउने र काठेपुल निर्माण गर्न पनि निकै समस्या हुने गरेको उनले वताए । छिन्दु खोला झुलङ्गे पुल नुहदा गुम्बा गाँउमा मात्र नभइ हिमाली भेग तिर जान र सैन हिमालमा जडिबुटि संकलन गर्न जान आवतजावत गर्न निकै समस्या भएको छ । झुलङ्गे पुल निर्माणका लागि पटक पटक पहल गर्दा पनि कतै बाट सहयोग नभएको स्थानियले वताएका छन् ।
नदिमा झुलङ्गे पुल नभएर बाटो पनि अप्ठयारो भएकाले गुम्वा बाट स्वास्थ्य चौकी, कोल्टि मार्तडी आउन जान लागि जोखिम मोलेर आवत जावत गर्नुपर्ने बाध्यता रहेको छ । बर्षातका ४ महिना त गुम्वा र बाजुराको सम्पर्क बिच्छेदनै हुने गरेको छ । गाउँपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले नदिमा झोलुङ्गे पुलको लागि पहल भइरहेको वताए । निकै विकट भएकाले पुल निर्माण गर्नमा समस्या भएको मल्लले वताए ।

चर्चामा

सम्बन्धित समाचार