बिहिबार, जेष्ठ ५, २०७९
  • होमपेज
  • देश
  • गायिका मेलिनाको दुई वर्षअघि नै ईंगेजमेन्ट भएको खुलासा

गायिका मेलिनाको दुई वर्षअघि नै ईंगेजमेन्ट भएको खुलासा

  • शुक्रबार, बैशाख २, २०७९
गायिका मेलिनाको दुई वर्षअघि नै ईंगेजमेन्ट भएको खुलासा

काठमाडौं — चर्चित गायिका मेलिना राईले सामाजिक सञ्जालमार्फत आफ्नो प्रेमी सार्वजनिक गरेकी छन्। प्रेमी सञ्जिब बराइलीसँगको तस्वीर पहिलोपटक फेसबुकमा पोष्ट गरेकी हुन्। मेलिना र सञ्जिव पाँच वर्षदेखि गुपचुप प्रेममा थिए। सञ्जिव नेपालका सर्वाधिक चर्चित र व्यस्त गिटारिस्ट तथा कम्पोजर हुन्। उनको घर बिर्तामोडमा हो भने हाल काठमाडौंकै वासिन्दा हुन्।

यस्तै मेलिनाले आफूहरु चाँडै बिहेको तयारीमा रहेको जानकारी दिइन्। ‘डेट फाइनल भएको छैन, तर यसै वर्ष विवाह हुन्छ,’ उनले भनिन्। हिजो नयाँ वर्षको अवसर पारेर तस्बिर सार्वजनिक गर्ने योजना भए पनि आफू बाहिर भएकाले एक दिन ढिला भएको मेलिनाले बताइन्। मेलिना नेपालकी सफल र चर्चित गायिमामा पर्छिन्।

चर्चामा

सम्बन्धित समाचार