• होमपेज
  • देश
  • ट्वीटरको कार्यालयमा सुकुम्बासीलाई बस्न दिने

ट्वीटरको कार्यालयमा सुकुम्बासीलाई बस्न दिने

  • बुधबार, चैत्र ३०, २०७८
ट्वीटरको कार्यालयमा सुकुम्बासीलाई बस्न दिने

काठमाडौं — हालै ट्वीटरको करीब १० प्रतिशत शेयर खरिद गरी कम्पनीको निर्देशक बोर्डमा समेत मनोनित भएका विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले ट्वीटर कम्पनीको मूख्यालयलाई सुकुम्बासीहरुको आश्रयस्थल बनाउनुपर्ने मत राखेका छन् ।

उनले सनफ्रान्सिस्कोस्थित ट्वीटर मूख्यालयलाई के घरबारबिहीन मानिसहरुको आश्रयस्थल बनाउनुपर्ला ? भनेर ट्वीटरमा मत सर्भेक्षण गरेका थिए । मस्कको उक्त ट्वीटर पोलमा विश्वका दोश्रो नम्बरमा अर्बपति तथा अमेजन कम्पनीका संस्थापक जेफ बेजोसले प्रतिक्रिया दिएका छन्।

उनले ट्वीटर मुख्यालयलाई घरवार विहीन मानिसहरुका लागि आश्रयस्थल बनाउने कुरामा सहमति जनाएका छन् । तर मुख्यालयको पूरै कार्यालय नभएर त्यसको केही हिस्सालाई बेघर मानिसहरुको आश्रयस्थल बनाउन सकिने उनको भनाई छ । उनले भनेका छन्, ‘एउटा हिस्सा दिन सकिन्छ । यसले राम्रोसँग काम गर्नेछ र स्वयंसेवी कर्मचारीहरुका लागि पनि सहज हुनेछ ।’

शनिवार मस्कले राखेको ट्वीटर पोलमा जेफ बेजोसले पनि प्रतिक्रिया दिएका हुन् । मस्कको उक्त मत सर्भेक्षणमा ९१.५ प्रतिशत मानिसले ट्वीटर मुख्यालयलाई सुकुम्बासीको आश्रयस्थल बनाउनुपर्ने बताएका छन् ।

स्मरण रहोस् अमेजन कम्पनीले पहिलेदेखि नै यस्तो काम गर्दै आएको छ । वाशिङटनस्थित अमेजनको मुख्यालयस्थित एउटा भवन यसअघि नै घरबारविहीन व्यक्तिहरुको लागि आश्रयस्थलको रुपमा प्रयोग गरिँदै आएको छ ।

Mary’s Place family Center सन् २०२० को मार्च देखि नै सुरु गरिएको थियो । यसले मानिसहरुलाई आश्रयस्थल तथा सहयोग दुबै प्रदान गर्दछ । त्यहाँ हरेक रात करीब २ सय जना मानिस बस्ने गरेका छन् । त्यहाँ मानिसहरुलाई खानेकुरा दिइन्छ भने स्वास्थ्य क्लिनिक, कार्यालय, कम्प्युटर ल्याबसमेत छ । एजेन्सीको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार