बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • सिन्धुपाल्चोकमा अचानक बेहोस भएर बाजुराको युवकको मृत्यु

सिन्धुपाल्चोकमा अचानक बेहोस भएर बाजुराको युवकको मृत्यु

  • बुधबार, चैत्र २३, २०७८
सिन्धुपाल्चोकमा अचानक बेहोस भएर बाजुराको युवकको मृत्यु

सिन्धुपाल्चोकमा एक युवकको अचानक बेहोस् भएर मृत्यु भएको छ । मंगलबार बाजुराको हिजन भण्डारीको मृत्यु भएको हो । बाजुरा स्वामिकार्तिक खापर वडा नम्बर २ स्थायी घर भएका भण्डारी गएको ६ महिनादेखि सिन्धुपाल्चोकमा फेज नेपाल नामक संस्थामा कार्यरत थिए । सोमबार दिउँसो ३ बजेतिर अफिस नजिकैको होटलमा चिया पिउने क्रममा उनि अचानक बेहोस भएर लडेको स्थानीयले बताएका छन् ।

लगत्तै उनलाई एम्बुलेन्समा हालेर धुलिखेल अस्पताल लाने क्रममा बाटाेमै मृत्यु भएको जनाएकाे छ । बाटोमा लैजाने क्रममा नाकबाट अत्याधिक रगत बगेको र सोही समय अक्सीजन सकिएपछि उनको मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार