आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • समाचार
  • बेलायतमा देशभर चप्पलको चरम अभाव

बेलायतमा देशभर चप्पलको चरम अभाव

  • सोमवार, चैत्र १४, २०७८
बेलायतमा देशभर चप्पलको चरम अभाव

रुस युक्रेन युद्धका कारण विश्वमा आर्थिक संकटका साथै ऊर्जा संकटसमेत आउने प्रक्षेपण गरिएको छ । तर, उता बेलायत भने अहिले एउटा अनौठो संकटबाट गुज्रिरहेको छ ।

बेलायतले अहिले राष्ट्रियस्तरमा चप्पल संकटको सामना गरिरहेको छ । बेलायतमा देशभर नै हाल चप्पलको चरम अभाव देखिएको छ ।

चप्पल संकटसँगै बेलायतमा होटल तथा स्पाहरूले आफ्ना ग्राहकहरूलाई घरबाटै चप्पल ल्याउन अनुरोध गर्न थालेका छन् । होटल रेष्टुरेन्ट तथा स्पाहरूले मात्र होइन आम मानिसहरूले पनि बजारमा चप्पल पाउन मुस्किल परिरहेको छ ।

बेलायती होटल तथा स्पा घरहरूले आफैले चप्पल ल्याउनका लागि अनुरोध गर्ने गरेको कुरा मानिसहरूले ट्रिप एडभाइजर नामक साइटमा खुलासा गरिरहेका छन् । आफैंले चप्पल बोकेर जानुपर्दा निकै समस्या परेको कतिपयको गुनासो छ ।

एकजना व्यक्तिले लेखेका छन् – एसेक्सको ग्रिनउड्स होटल एण्ड स्पामा बुकिङ गराएको थिएँ । होटलले एउटा अनौठो इमेल पठायो, जसमा लेखिएको थियो कि चप्पलको राष्ट्रिय अभावका कारण आफ्नै घरबाटै चप्पल ल्याउनु आवश्यक छ किनकि होटलमा चप्पल दिइनेछैन ।

स्मरण रहोस् बेलायतमा कोरोना महामारी पश्चात् ठूला मालवाहक सवारी साधनका चालकको संख्यामा निकै कमी आएको छ । यसअघि होटलहरूले आम ग्राहकलाई सित्तैमा प्रयोग गर्न दिने चप्पल जस्ता चिजहरू एकैपटकमा ठूलो परिमाणमा खरिद गर्दथे । कोरोनाको समयमा चप्पलको आपूर्ति भएन जसका कारण होटल र स्पाहरूमा चप्पलको कमी भैरहेको छ ।

ल्कडाउन अन्त्य भएसँगै जब मानिसहरू घर बाहिर घुम्न निस्किन थाले त्यहीँ बेला होटल, रेष्टुरेन्ट तथा स्पाहरूमा चप्पल, स्याम्पु, टावेल आदिको अभाव देखिंदा ग्राहक तथा व्यवसायी दुवै मर्कामा परेको बताइन्छ । एजेन्सी

चर्चामा

सम्बन्धित समाचार