शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • समाज
  • बाजुराको हिमाली गाउँपालिका १ नेटामा सार्बजनिक बहस कार्यक्रम सम्पन्न

बाजुराको हिमाली गाउँपालिका १ नेटामा सार्बजनिक बहस कार्यक्रम सम्पन्न

  • आइतवार, चैत्र १३, २०७८
बाजुराको हिमाली गाउँपालिका १ नेटामा सार्बजनिक बहस कार्यक्रम सम्पन्न

कालिका उपाध्याय — बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा १ नेटामा सार्बजनिक बहस कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको १, २, ३ को २०७४ देखि २०७९ सम्म गाउँपालिकाले गरेका गतिबिधि र विकास निर्माणका कार्य सम्बन्धि जनतासंग पाँच बर्षे अध्यक्ष सार्बजनिक बहस कार्यक्रम सम्पन्न भएको छ ।
हिमाली गाउपाकिला १ का वडा अध्यक्ष लालजित थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर मल्ल प्रमुख बक्ता रहेका थिए । आईतबार सम्पन्न सार्बजनिक बहस कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उपेन्द्र राज पौडेल , डिएसपी चतुर्भुज ओझा , गाउँपालिकाका उपाध्यक्ष चन्द्रा देबी बुढा , निमित्त प्रमुख प्रसासकीय अधिकृत राज बहादुर भण्डारी , तीन ओटै वडाका प्रमुख एबम् प्रतिनिधि , कर्मचारी , पत्रकार लगायत सहभागिता रहेको थियो ।
हिमाली गाउपालिकाले पाँच बर्षको अबधिबार गरेको सेवा बिकासका गतिबिधीमा लागेको जिज्ञासाहरु राखेका थिए । उक्त जिज्ञासाको प्रमुख बक्ता तथा हिमाली गाउपालिकाका अध्यक्ष गोबिन्द मल्ले जबाफ दिएको थिए । वडा नं १, २, ३ खाद्यको समस्याका साथै खाद्य डिपो र नुन डिपो कार्यालय टाढा भएको भन्ने जनताको प्रशनको जबाफ दिदै प्रमुख जिल्ला अधिकारी पौडेलले जिल्ला पुग्ने बितिक्कै खाद्य तथा नुन डिपो कार्यालयसंग समन्वय गरेर तत्कालै समस्याको समाधान गरिने प्रतिबद्धता जनाएका छन् । त्यसै गरी जनताले गरेका प्रश्नको जबाफमा निमित्त प्रमुख प्रशासकिय अधिकृत भण्डारिले वडा नं १,२, ३ भित्रका योजनाहरुको विवरण पेश गर्दै निर्माणाधिन रहेका सबै योजनाहरुको तत्कालै सम्पन्न गरिनेमा जोड दिए । सार्बजनिक कार्यक्रमका सहजी करण पत्रकार महेश कार्कीले सहजिकरण थिए ।

चर्चामा

सम्बन्धित समाचार