सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • समाचार
  • महिलाको गोप्य अंगमा चार वर्षदेखि अड्किएको थियो काँचको गिलास

महिलाको गोप्य अंगमा चार वर्षदेखि अड्किएको थियो काँचको गिलास

  • सोमवार, चैत्र ७, २०७८
महिलाको गोप्य अंगमा चार वर्षदेखि अड्किएको थियो काँचको गिलास

कतिपय घटनाहरु यस्ता दर्दनाक हुन्छन् कि भोग्नेलाई जस्तै देख्ने सुन्नेलाई पनि पीडाबोध हुन्छ । एकजना महिलाको गोप्य अंगमा ४ वर्षसम्म सिसाको गिलास अड्किएको घटना हालै सार्वजनिक भएको छ ।

अफ्रिकी मुलुक ट्युनिसियामा यो घटना भएको हो । डाक्टरहरुले शल्यक्रिया गरी महिलाको गोप्य अंगमा अड्किएको उक्त काँचको गिलास निकाल्न सफल भएका छन् ।

४५ वर्षकी ती महिलाको यौनांगमा जतिबेला पनि पीडा महसुस हुन्थ्यो र पटक पटक पिसाब फेर्न जानु पर्दथ्यो । पछिल्लो ४ वर्षदेखि दुखाई बढिरहेको थियो । यौनांगमा पीडाका कारण ती महिला जाँच गराउन डाक्टरकोमा पुगिन् । प्रारम्भिक चेकजाँचमा डाक्टरले सामान्य संक्रमणका कारण नभई ८ सेन्टिमिटरको पत्थरीका कारण उनको यौनांगमा पीडा भएको बताएका थिए ।

यतिलामो पत्थरी महिलाको सरीरमा भएको थाहा पाएपछि डाक्टरहरु पनि अचम्ममा परेका थिए । त्यसपछि शल्यक्रिया गरेर ती महिलाको यौनांगभित्र रहेको पत्थरी भनिएको वस्तु बाहिर निकालियो । तर जब यौनांगभित्रको वस्तु बाहिर निकालियो, तब डाक्टरहरुको समेत होसहवास उड्यो । त्यो वस्तु त डाक्टरले भनेजस्तो पत्थरी मात्र नभएर पत्थरी भित्र काँचको गिलास पो रहेछ ।

ट्युनिसियाको सफाक्स सहरमा रहेको हबीब बग्युमा विश्वविद्यालय अस्पतालमा ती महिलाको शल्यक्रिया गरी यौनांगमा अड्किएको काँचको गिलास निकालिएको हो ।

वास्तवमा महिलाको मुत्रथैलीमा रहेको ८ सेन्टिमिटर लामो पत्थरी भित्र काँचको गिलास थियो । उक्त गिलास महिलाको यौनांगबाट छिरेर मुत्रथैलीसम्म पुगेको थियो ।

शल्यक्रिया गरेर आफ्नो यौनांग भित्रबाट काँचको गिलास निकालिएपछि महिलालाई बल्ल आफुमाथि केही वर्षअगाडि भएको यौन हिंसाको सम्झना आयो । आफुमाथि त्यतिबेला भएको बलात्कारकै क्रममा आफ्नो यौनांगमा काँचको गिलास हालिदिएको हुनसक्ने उनको अनुमान छ । तर उनको त्यो दाबी पुष्टि भएको छैन । एजेन्सी

चर्चामा

सम्बन्धित समाचार