शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रदेश ७
  • धनगढीमा यौन धन्दा चलाउने होटलमा प्रहरीको छापा, व्यवसायी सहित नौ युवती पक्राउ

धनगढीमा यौन धन्दा चलाउने होटलमा प्रहरीको छापा, व्यवसायी सहित नौ युवती पक्राउ

  • शुक्रबार, चैत्र ४, २०७८
धनगढीमा यौन धन्दा चलाउने होटलमा प्रहरीको छापा, व्यवसायी सहित नौ युवती पक्राउ

धनगढीमा यौन धन्दा सञ्चालन गराउने चार होटेल व्यवसायी सहित नौ जना युवतीलाई प्रहरीले पक्राउ गरेको छ । यौन धन्दा भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले चार होटेल व्यवसायी सहित नौ जना युवतीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

धनगढी उपमहानगरपालिका वडानम्बर-१ एलएन चोकमा रहेको शाही होटेल प्यालेस, वडानम्बर -३ चौराहामा रहेका सनराईज होटेल, सोही ठाउँमा रहेको बुढीनन्दा बाजुरा होटेल र वडानम्बर-१२ क्याम्पस चोकमा रहेको प्रिन्स होटेलका सञ्चालकहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

उनका सो होटलहरुमा छापा मार्दा यौन धन्दामा संलग्न नौँ जना युवतीलाई पनि पक्राउ गरिएको जनाएको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार