शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • जिभ्रोमा रौं पलाएपछि…

जिभ्रोमा रौं पलाएपछि…

  • आइतवार, फाल्गुन २९, २०७८
जिभ्रोमा रौं पलाएपछि…

काठमाडौं — मानिसको शरीरका लगभग हरेक भागमा लामा–छोटा रौं पलाएका हुन्छन् । तर के जिभ्रोमा रौं पलाएको तपाईंले कहिल्यै सुन्नुभएको छ ? त्यो पनि कालो तथा घना रौं पलाएको ।

अमेरिकामा एकजना व्यक्तिको जिब्रोमा प्रसस्तै रौं पलाएका छन्, जसले विज्ञ तथा डाक्टरहरुलाई समेत हैरान बनाएको छ । उनको जिभ्रो अचानक कालो हुन थाल्यो र कालो तथा मोटा रौं पलाए ।

५० वर्षका ती व्यक्तिका अनुसार जिभ्रोमा रौं पलाउँदा कुनै दुखाइ महसुस भएको छैन, तर उनले विभिन्न खालका समस्या झेल्नुपरेको छ ।

डाक्टरहरुले उनको जिभ्रोको परीक्षण गर्दा जिभ्रोमा कालो रङका रौं भन्दा तल पहेंलो रङको एउटा पत्र रहेको पत्ता लगाए । त्यहि पत्रमा रौं पलाएका छन् ।
जामा डर्माटोलोजी जर्नलमा छापिएको आलेख अनुसार जिभ्रोमा रौंयुक्त एउटा मोटो कालो पत्र बसेको छ र त्यसभन्दा तल पहेंलो रङको पत्र रहेको छ ।

उनी तीन महिना अघि बिरामी परेका रहेछन् । जसका कारण उनको शरीरको बायाँतर्फको भाग कमजोर बन्यो । त्यसपछि उनले शुद्ध खाना र तरल पदार्थ मात्र खान सुरु गरे । विस्तारै उनको जिभ्रो कडा र कालो हुँदै गयो अनि रौं पलाउन थाल्यो ।

उनको यो समस्यालाई ‘ब्लाक हेरी टंग सिन्ड्रोम’ भनिन्छ । रिपोर्ट अनुसार जिभ्रोमा मृत छालाका कोशिकाहरुको निर्माणका कारण यस्तो समस्या आउँदछ ।

त्यसका साथै एन्टिबायोटिक औषधिको दुष्प्रभाव, धुम्रपान जस्ता कारणले पनि यस्तो हुन सक्दछ । मुखको स्वास्थ्यमा ध्यान नदिनु, मुख सुख्खा हुनु पनि यसका कारण बन्न सक्दछन् । –एजेन्सी

चर्चामा

सम्बन्धित समाचार