बुधबार, जेष्ठ ४, २०७९
  • होमपेज
  • समाचार
  • डोटीका एक किशोर चार दिनदेखि बेपत्ता

डोटीका एक किशोर चार दिनदेखि बेपत्ता

  • शुक्रबार, फाल्गुन २७, २०७८
डोटीका एक किशोर चार दिनदेखि बेपत्ता

धनगढी — डोटीका एक किशोर चार दिनदेखि बेपत्ता भएका छन्। जिल्लाको दिपायल सिलगढी नगरपालिका-६ का १६ वर्षीय विनोद विक गत मंगलबार नाचनथली मोडबाट बेपत्ता भएका हुन्।

उनी घरमा आमा बुबाबीच सामान्य झगडा हुँदा राति १० बजे घरबाट निस्केका बताइएको छ। विनोदका बुबा भक्त विकले छोरासँग मोबाइल पनि नभएको र आफन्त तथा उनका साथीभाइसँग बुझ्दा कहीँ पनि नभेटिएका बताए। विनोदलाई कसैले कहीँ कतै देखे नजिकको प्रहरी कार्यालय वा ९८४०८५९५८० मा सम्पर्क गरी खबर गरिदिन उनका बुबाले अनुरोध गरेका छन्।दिनेश खबरबाट ।

चर्चामा

सम्बन्धित समाचार