शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • एमसिसी र पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध प्रदर्शन

एमसिसी र पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध प्रदर्शन

  • बिहिबार, फाल्गुन २६, २०७८
एमसिसी र पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध प्रदर्शन

हेटौंडा — विप्लवनिकट विद्यार्थी संगठनले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) र पेट्रोलियम पदार्थको मूल्यवृद्वि विरुद्वमा हेटौंडामा प्रदर्शन गरेको छ।

अखिल क्रान्तिकारी मकवानपुरको नेतृत्वमा हेटौंडामा रहेका विभिन्न क्याम्पसबाट निस्किएको ¥यालीसहितको विद्यार्थी समूहले एमसिसी र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्विको विरुद्वमा प्रदर्शन गरेका हुन्।

विरोध प्रदर्शनमा एमसिसी मूर्दावाद, नो एमसिसी, पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर जस्ता नारा लगाइएको थियो। उनीहरूले एमसिसी र पेट्रोलियम पदार्थको मूल्यवृद्वि फिर्ता गर्नुपर्ने ,भ्रष्टचारी र बलात्कारीलाई फाँसी दिनुपर्ने जस्ता माग राखेका थिए।

गएको फागुन १५ गते संसदबाट एमसिसी अनुमोदन भइसकेको छ। सदनबाट एमसिसी पारित भएसँगै नेकपा विप्लवसहित ६ दल आन्दोलनमा रहेका छन्।दिनेशखबर बाट ।

चर्चामा

सम्बन्धित समाचार