बुधबार, जेष्ठ ४, २०७९
  • होमपेज
  • समाचार
  • संखुवासभामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

संखुवासभामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

  • बिहिबार, फाल्गुन २६, २०७८
संखुवासभामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

काठमाडौं —  संखुवासभामा बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो ।

दुर्घटनामा १० जनाको मृत्यु भएको पुष्टि भएको डिएसपी लालध्वज सुवेदीले जानकारी दिए । बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ ।

घटनास्थलमा उद्धारकार्य जारी छ ।अनलाइनखबरबाट

चर्चामा

सम्बन्धित समाचार