शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • २ युट्युबर पक्राउ

२ युट्युबर पक्राउ

  • बुधबार, फाल्गुन २५, २०७८
२ युट्युबर पक्राउ

काठमाडौ‌ — गलत सूचना प्रवाह गर्ने २ जना युट्युबर पक्राउ परेका छन्। नेपाल प्रहरीको साइबर व्युरोका प्रवक्ता नविन्द्र अर्यालका अनुसार उनीहरुले गम्भीर प्रकृतिको अपराध अनुसन्धानको प्रक्रियालाईसमेत प्रभावित पार्ने उद्देश्यकासाथ पीडितको मानमर्दन र चरित्र हत्या हुने गरी युट्युबमार्फत समाचार सम्प्रेषण तथा अनर्गल वक्तव्य बाजी गर्ने गरेका थिए।

पक्राउ पर्नेमा नागार्जुन नगरपालिका-८ भिमढुंगा बस्दै आएका ५३ वर्षिय हरि उदासी भन्ने हरि परियार र हाल तारकेश्वर नगरपालिका-४ शेषमती बस्दै आएका २७ वर्षिय निशान चिलवाल पक्राउ परेका हुन्। उनीहरुविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थप भई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

उदासी नेपाल मिडिया नामक युट्युब च्यानलका सञ्चालक हुन् भने चिलवालले विशाल नेपाल नामक युटुब स‌चालन गर्ने गरेका थिए।अन्रपुर्णपाेष्टबाट ।

चर्चामा

सम्बन्धित समाचार