बिहिबार, असार १८, २०८३
  • होमपेज
  • समाचार
  • सदरमुकाम चैन्पुरमा`फोर जी’ नेट्रवर्क`थ्री जी’मा झर्यो:एनसेल नै गुणस्तरिय रहेको स्थानियको भनाई

सदरमुकाम चैन्पुरमा`फोर जी’ नेट्रवर्क`थ्री जी’मा झर्यो:एनसेल नै गुणस्तरिय रहेको स्थानियको भनाई

  • बिहिबार, फाल्गुन १९, २०७८
सेयर गर्नुहोस् :
सदरमुकाम चैन्पुरमा`फोर जी’ नेट्रवर्क`थ्री जी’मा झर्यो:एनसेल नै गुणस्तरिय रहेको स्थानियको भनाई

अर्थ जङ्ग शाही/बझाङ — केही दिन यता सदरमुकाम चैन्पुरमा फोर जी नेट्रवर्क थ्री जी मा चलिरहेको छ। थ्री जी नेट्रवर्क चल्दा पनि उही कछुवा गतिमा रहेको स्थानियको भनाई छ। थ्री जी को लोगो मोबाईलमा देखाउने तर फेसबुक खुल्न पनि घन्टौँ सम्म लाग्ने भएकोले आफूले एनसेल सिम नै प्रयोग गर्दा राम्रो र छिटो नेट्रवर्क चल्ने स्थानियब्यक्ति ईश्वर शाहीले बडिमालिका खबरलाई बताए।टन्टलापुर घाम लाग्दा पनि फोर जी नेट्रवर्क नचल्ने शाहीले बताए।

आकाश गर्जिन लागेपछि र सिमसिमे पानी पर्नु भन्दा अगाडिनै नेट्रवर्क जाने समस्या रहेको स्थानिय चैन्पुरबाँसीको भनाई छ।

एनसेल ले नै आफूलाई सहज तरिकाले नेटमा छिटो,छरितो तरिकाले चलेको हुनाले एनसेल नै राम्रो रहेको अर्का स्थानियब्यक्ति प्रकाश बुढाले बडिमालिका खबरलाई बताए।

सदरमुकाम चैन्पुर भन्दा त गाउँ घरमै नेट्रवर्क सुबिधा छिटो र छरितो चलिरहेको पारस खड्काले बताए।

कहिले सम्म यस्तो हुने चैन्पुरबाँसीको प्रश्न रहेको छ। स्थानिय सरकार पनि अहिले सम्म मौन रहेको चैन्पुरबाँसीको गुनासो रहेको छ।

चर्चामा

सम्बन्धित समाचार