बिहिबार, असार १८, २०८३
  • होमपेज
  • समाचार
  • देशमा उल्लेखनीय मौसमी प्रणाली छैन

देशमा उल्लेखनीय मौसमी प्रणाली छैन

  • बिहिबार, फाल्गुन १९, २०७८
सेयर गर्नुहोस् :
देशमा उल्लेखनीय मौसमी प्रणाली छैन

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको देखिन्छ।

बिहीबार सुदूरपश्चिम, कर्णाली तथा प्रदेश १ को पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ । सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै र बाकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै उच्च पहाडी तथा हिमाली भू-भागहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै शुक्रबार देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग हल्का वर्षाको सम्भावना रहेको छ। यता शनिबार देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ ।

चर्चामा

सम्बन्धित समाचार