• होमपेज
  • समाचार
  • उल्का पिण्डले प्वाल पारेको कुकुरको खोर करोडौंमा बिक्री हुँदै

उल्का पिण्डले प्वाल पारेको कुकुरको खोर करोडौंमा बिक्री हुँदै

  • सोमवार, फाल्गुन १६, २०७८
उल्का पिण्डले प्वाल पारेको कुकुरको खोर करोडौंमा बिक्री हुँदै

अन्तरिक्षबाट खसेको एउटा उल्का पिण्ड कुकुरको खोरमाथि बजि्रयो । उल्का पिण्ड खस्दा खोरको छानोमा प्वाल पर्‍यो । तर भित्र रहेको कुकुरलाई केही पनि भएन ।

अन्ततः छानो प्वाल परेको कुकुरको खोर तीन करोड रुपैयाँभन्दा धेरै मूल्यमा बिक्री हुने भएको छ । उक्त खोरसँगै अन्तरिक्षबाट खसेका अन्य टुक्राहरूको पनि लिलामी हुने भएको छ ।

बेलायती पत्रिका द सनका अनुसार उक्त खोरको छानोमा ७ इन्चको एउटा सानो प्वाल परेको छ । सन् २०१९ मा एगस जराकसमा उक्त उल्का पिण्ड खसेको थियो ।

अमेरिकाको न्युयोर्कस्थित क्रिस्टी लिलामघरले उल्का पिण्ड खसेर प्वाल परेको खोरसँगै उल्का पिण्डहरू समेत लिलामी गर्न लागेको छ ।

लिलामी हुने उल्का पिण्डमा बेलायतको विन्चकोम्बेमा खसेको उल्का पिण्ड पनि छ । सिएमटु नामले चिनिने उक्त उल्का पिण्ड कार्बोनेसियस क्रोन्डाइटबाट बनेको छ । उक्त पिण्ड सौर्यमण्डलमा करिब ४६० करोड वर्ष पहिले बनेको थियो ।

लिलामीमा ९ किलोको एक उल्का पिण्ड पनि बिक्री हुँदैछ, जसको मूल्य करिब साढे ९ करोड रुपैयाँ पर्ने अनुमान छ ।

स्मरण रहोस् अमेरिकाको जर्जियामा उल्का पिण्ड झरेर क्षतिग्रस्त भएको एउटा पत्रमञ्जूषा बाकस करिब एक करोड रुपैयाँ बराबरको मूल्यमा लिलामी भएको थियो ।

त्यस्तै सन् १९९२ मा न्युयोर्कमा उल्का झरेर क्षतिग्रस्त भएको कार करिब दुई करोड रुपैयाँमा बिक्री भएको थियो । एजेन्सी

चर्चामा

सम्बन्धित समाचार