शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • हिमाली गाउपालिका वडा न.६ पाँडी गाउँमा आधारभुत स्वास्थ इकाई केन्द्र स्वास्थ सेवा स्थापना

हिमाली गाउपालिका वडा न.६ पाँडी गाउँमा आधारभुत स्वास्थ इकाई केन्द्र स्वास्थ सेवा स्थापना

  • आइतवार, फाल्गुन १५, २०७८
हिमाली गाउपालिका वडा न.६ पाँडी गाउँमा आधारभुत स्वास्थ इकाई केन्द्र स्वास्थ सेवा स्थापना

बाजुरा — बाजुरा जिल्लाको पुर्व उत्तरी भेगमा रहेको अति दुर्गम स्थानीय तह हिमाली गाउपालिका वडा न.६ पाँडी गाउँमा आधारभुत स्वास्थ इकाई केन्द्र स्वास्थ सेवा स्थापना सहित स्वास्थ सेवा सन्चालन भएको हिमाली गाउपालिका वडा न. ६ का वडा कार्य समिति सदस्य गोरख बहादुर रोकायाले बताएका छन।

विगत लामो समय देखि स्वास्थ सेवामा बन्चित हुँदा दुखी बस्ती हुदा दुखी अबस्ता तुल्याएको थियो।पहिला स्वास्थ सेवाको लागि पाँडी गाउँ बाट ५ घन्टा लगाएर बुढिनन्दा नगरपालिका भित्रा रहेको कोल्टी स्वास्थ सेवा चौकीमा उपचार गर्न जाने गरेका थियो। उपचार गर्नेको लागि धेरै लामो घटै पैदलमार्ग गरेर उपचार गर्न अवस्था जटिल परिरहेको थियो। स्वास्थ सेवा समस्याका कारणले कतिपय मानिसको ज्यान गुमाउनु पर्ने बाध्यता रहेको थियो। अहिले बल्ल तल्ल स्वास्थ सेवा गाउमै पहिलोपटक उपचारको गर्न पाउँदा खुशी भएको स्थानीय बासिन्दा विर्ख रावलले बताएका छन ।

हिमाली गाउपालिकाको भरिको विकट बस्ती पाँडी गाउँमा अब देखि निरन्तर रूपमा स्वास्थ सेवामूलक रहने छ। अब सामान्यतया विरामी भएको मान्छेलाई गाउमा नयाँ स्थापित रहेको पाँडी आधारभूत स्वास्थ इकाई केन्द्र बिरामी भएको मान्छेहरुलाइ स्वास्थ सेवाहरु निरन्तरता दिइरहेको स्वास्थ सेवाकर्मी कर्मचारी माया पाण्डेले बताइन।

अब गाउँमा स्वास्थ उपचार गर्ने धेरै टाढाको दुरिको पैदलमार्ग हिड्न नपर्ने अबस्था सहजीकरण गरिरहेको छ। गाउँ रहेका असाय अपांग तथा न्यून स्थरको मान्छे लाई गाउमा उपचार सेवा सुबिधाजन्य हुने गरेको छ। वडा सदस्य गोरख बहादुर रोकायाले भने आफ्नो कार्यकल सम्म विधुत, खानेपानी, शिक्षा, स्वास्थ सेवा सुविधा पुर्णतया गरिरहेको छु। अब टेलीफोन सुविधा बाट पनि गाउपालिकाको पह बाट चाडै सन्चालन हुने
वडा सदस्य गोरख बहादुर रोकायाले बताएका छन।

चर्चामा

सम्बन्धित समाचार