बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • हिमाली
  • हिमाली गाउपालिका धुलाचौरमा थ्रि जी ईन्टरनेट सेवा संचालनमा

हिमाली गाउपालिका धुलाचौरमा थ्रि जी ईन्टरनेट सेवा संचालनमा

  • शनिबार, फाल्गुन ७, २०७८
हिमाली गाउपालिका धुलाचौरमा थ्रि जी ईन्टरनेट सेवा संचालनमा

बाजुरा —  जिल्लाकाे हिमाली गाउँपालिकामा थ्रि जी इन्टरनेट सेवा संचालन भएकाे छ । देशका बिभिन्न ठाउँमा फाइप जि सुरू भइसकेकाे भए पनि बाजुराका दुर्गम गाउँमा  थ्रि जी इन्टरनेट सेवा बिस्तारका अभियान संचालनमा हुने तयारीमा रहेका छन ।

हिमाली गाउपालिका धुलाचौर बाजुरा थ्रि जी ईन्टरनेट सेवा आज बाट सुरुवात भएको  प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताएका छन। अब पिछडिएको जिल्ला एक भौगोलिक हिसाबले अति दुर्गम स्थानीय तह हिमाली गाउपालिकामा धेरै वर्ष लामो समयकोअबधी पछी ईन्टरनेट सेवा लिएको भण्डारीले बताए  । हामीले हुम्ला जिल्लामा पर्ने केही स्थानीय तहका नागरिक सहित मुगु जिल्लाको केही स्थानीय तह नागरिकलाई ईन्टरनेट पहुँचमा रहने गरि नेपाल टेलिकमकाे थ्रि जि नेट सेवा संचार गरिएको हिमाली गाउपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले बताए।
जुन विगत दिन देखिनै इन्टरनेटबाट ठूलो समस्या भोग्नुपरेका जटिल समस्या लाई मध्यनजर गर्दै आज यो ईन्टरनेट सेवा हिमाली भरीका जन्ताले
सेवा लिने गरि यो 3G ईन्टरनेट टावरको सुबिधाजन्य गरियोको पालिका अध्यक्ष मल्लले बताए। अध्यक्षले भने आफ्नो कार्यकालमा स्वास्थ, शिक्षा, यातायात, खानेपानी, बतिको व्यवस्था पुर्णतया गरेका छौ। त्यसमा पनि केही बाकी रहेको समस्या हरुलाइ अझै चुनावी माहोल भन्दा अगाडि नै जन्ताको कृषि, जडिबुटी, जलस्रोत, गरिबीको निवारण, सुशासन, रोजगार, दीर्घकालीन र सकारात्मक रूपमा काम गरिरहेको अध्यक्ष मल्लले बताए। गाउँपालिका धेरै ठाउँमा हिमाली गाउँपालिकाका नागरिकले सेवा पाउने उमेश राेकायाले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार