शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रवास
  • मूलप्रवाहको आठौं राष्ट्रिय सम्मेलन मार्चपास सहित फरिदावादमा हुने

मूलप्रवाहको आठौं राष्ट्रिय सम्मेलन मार्चपास सहित फरिदावादमा हुने

  • शनिबार, फाल्गुन ७, २०७८
मूलप्रवाहको आठौं राष्ट्रिय सम्मेलन मार्चपास सहित फरिदावादमा हुने

खिमराज चालिसे / नयाँदिल्ली– भारतस्थित नेपाली हरुको अभिभावक संगठन मूलप्रवाह अखिल भारत नेपाली एकता समाज को आठौं अखिल भारत सम्मेलन यहि फागुन १५,१६ र १७ गते अर्थात २७-२८ फरवरी र १ मार्च २०२२ फरिदावादमा मार्चपास सहित सम्पन्न हुने भएको छ। “गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं , भारतस्थित प्रवासी नेपाली हरुको मताधिकार एवं समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरौं !” भन्ने मूल नाराका साथ सम्पन्न हुने सो सम्मेलन को उदघाटन राजमोका अध्यक्ष एंव चर्चीत बामपन्थी नेता, पूर्व उप प्रधानमंत्री चित्र बहादुर केसीले २७ फरवरी २०२२ आईतबार को गर्नुहुनेछ ।

सम्मेलन मा नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले पार्टिको धारणा सहितको मन्तव्य राख्नु हुनेछ भने देशभित्रका विभिन्न जनवर्गिय मोर्चाका केन्द्रीय नेताहरु समेत भारत स्थित विभिन्न संघसस्था का शिर्ष व्यक्ति हरुको आथित्यता रहने छ।

त्यसैगरि दोश्रो दिन २८ फरवरी २०२२ बन्द सत्र सम्पन्न गरिने तथा सांझ साँस्कृतिक कार्यक्रम गरिने भएको छ भने तेश्रो दिन १ मार्च २०२२ मंगलबार ११ बजे देखि बिचार गोष्टि र करिव १ बजे घोषणा सभा पछि करिव ३ बजे समापन समारोह को कार्यक्रम निश्चित गरिएको छ।

सम्मेलन को लागी भारतव्यापी विभिन्न नगरहरु बाट प्रतिनिधि, प्रयवेक्षक, दर्शक तथा स्वयंसेवक, कलाकार हरु तय भई सकेको जानकारी मूलप्रवाह का महासचिव ठाकुर खनालले दिनु भएको छ।

चर्चामा

सम्बन्धित समाचार