सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढीगंगा नगरपालिकामा स्थानियद्धारा ताला बन्दि

बुढीगंगा नगरपालिकामा स्थानियद्धारा ताला बन्दि

  • सोमवार, फाल्गुन २, २०७८
बुढीगंगा नगरपालिकामा स्थानियद्धारा ताला बन्दि

बाजुरा — बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा स्थानियले ताला बन्दि गरेका छन् । दुई महिना भन्दा बढी समयसम्म प्रमुख प्रशासकीय अधिकृत नहुदा स्थानिय उपभोत्तलाई सेवा लिन समस्या भएको भन्दै साेमबार नगरपालिकामा तालाबन्दि गरेको छन् । प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जनको मंसिर १७ गते सरुवा भएर गएपछि नगरपालिका २ महिना देखी प्रमुख प्रशासकीय बिहिन बनेको नगरपालिकाका सूचना अधिकारी खडक बमले बताए ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा मंसिर महिना देखी आर्थिक कारोबार पुर्ण रुपमा बन्द भएको छ । योजना सम्झौता भएर उपभोक्ताले काम सम्पन्न गरे नगरपालिकामा कागजाता बुझाएको दुई महिना बढी हुदासम्म पनि कार्यकारी नभएर भुक्तानी नुहदा उपभोक्ताहरु मागरमा परेको तल्लो साईल गाउलेन बिस्तार समितिका अध्यक्ष बिमल थापाले बताए ।
पुस महिनामा काम सकेर नगरपालिकामा कागजात सबै बुझाएको दुई महिना हुदासम्म पनि कार्यकारी नभएकोले काम भुक्तानी नभएको थापाले बताए । साहुबाट उदारो र केही रिण काढेर योजनाको काम सम्पन्न गरेउ तर दुई महिना हुदासम्म पनि कार्यकारी नल्याउनु योजना उभभोक्ताहरु समस्यमा परेका उनले बताए ।
दुई महिनासम्म त पर्खि बसैकै भए पनि कार्यकारी नल्याए पछि नगरपालिकामा नै तालाबन्दि गर्नु परेको उनले बताए । शिक्षकहरुले ४ महिना देखी तलब खान पाएका छैनन् । प्रमुख प्रशासकिय अधिकृत नहुदा कर्मचारी तलब खान पाएका छैनन्, सामाजिक सुरक्षा पत्ता पोषण भत्ता लगाए नगरपालिकाको काममा लथालिङ्ग भएको स्वास्थ्य शाखा प्रमुख दिपक शाहले वताएका छन् ।
बुढिगंगा नगरपालिकामा अहिले मात्र नभइ प्राय जसो प्रमुख प्रशासकिय अधिकृत विहिन बन्ने गरेको छ । नगरपालिकामा कार्यरत कर्मचारीलाई कार्यपालिकाले शिफारीस नगर्ने संघबाट खासै नआउने मान्ने भएकाले नगरपालिकामा सधै समस्या हुने गरेको एक कर्मचारीले वताएका छन् ।
नगरपालिकामा कार्यरत केही कर्मचारीले आर्थिक अधिकार सहितको प्रशासकीय अधिकृतका लागि दौडधुप गरेपनि कार्यपालिकाले निणर्य नगर्ने गरेको पाईन्छ । कर्मचारीनै राजनिति खिचातानी गर्ने, एकले अर्कोलाई स्वीकार नगर्ने भएकाले कार्यपालिकाले निणर्य गर्न नसकेको एक कार्यपालिका सदस्यले वताएका छन् ।
नगर उपप्रमुख तारा खातीले कार्यकारीका लागि मन्त्रालयमा धेरै पटक पहल भएको भएपनी आजसम्म टुंगो नलगाउदा समस्य भएको बताईन । जनताहरुले पनि ताला लगाउनु सोभाबिक भएको सुईकार गरेकी छन् । कार्यकारीको पहलका लागि मेयर दिपक बिक्रम शाह गएका थिए, कार्यकारी नल्याएर आफू यूरोप घुम्म गएका खातीले बताईन छन् ।
आज र भोलीसम्म कार्यकारीका टुंगो लागेर आउनु सुचाना पाएकीए छु । भोलीसम्म पनि नआए आफु नै कार्यकारी ल्याउन जाने उनले बताईन । नेकपा एमालेका स्थायि सदस्य तथा पुर्व मन्त्रि कण बहादुर थापा, शुदुरपश्चिम प्रदेश प्रमुख तथा संबिधान सभा सदस्य देबराज जोशी, संघिय सांसद लाल बहादुर थापा, प्रदेश सांसद तथा पुर्व मन्त्रि प्रकाश शाह बुढिगंगा नगरपालिकाकै रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार