बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाजुरामा मोटरसाईकल दुर्घटनामा परि एक को मृत्यु एक घाईते

बाजुरामा मोटरसाईकल दुर्घटनामा परि एक को मृत्यु एक घाईते

  • आइतवार, माघ २३, २०७८
बाजुरामा मोटरसाईकल दुर्घटनामा परि एक को मृत्यु एक घाईते

बाजुरा — बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका वडा न ६ बाम्का नजिकै मोटर साईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन । फालासैनबाट बाम्का जादै गरेको मोटर साईकलमा सवार अछामका बल बहादुर सुनारको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
सु.प्र.प. ०१-००८ प ४०५० नम्मरको सो मोटरसाईकल हिजो राति फालासैनबाट बाम्का बजार जादै गर्दा अनियन्त्रीत भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
त्यसै गरी त्रिबेणी नगरपालिका वडा न ४ का गगन साउँद घाईते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साउँद गम्भिर घाईते भएकाले अछामको बयालपाटा अस्पतालमा उपचार भईरहेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार