• होमपेज
  • देश/प्रदेश
  • श्रीलङ्गकामा देशव्यापी लकडाउन गर्न अस्वीकार, बुस्टर डोजमा जोड

श्रीलङ्गकामा देशव्यापी लकडाउन गर्न अस्वीकार, बुस्टर डोजमा जोड

  • बुधबार, माघ १९, २०७८
सेयर गर्नुहोस् :
श्रीलङ्गकामा देशव्यापी लकडाउन गर्न अस्वीकार, बुस्टर डोजमा जोड

कोलम्बो — श्रीलङ्गकामा कोरोना भाइरसको सङ्क्रमण फैलिएको भएपनि देशव्यापी लकडाउन गर्न भने अस्वीकार गरिएको छ। देशका स्वास्थ्य अधिकारीहरूले अहिले लकडाउन लगाउनु उपयुक्त नहुने भन्दै खोप लगाउने अभियानलाई तीव्रता दिन सुझाव दिएका हुन्।

कोरोना भाइरसको नयाँ भेरिएन्टको रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण तीव्र रुपमा फैलिएकाले देशव्यापी लकडाउन लागू गर्ने बारेमा छलफल भएको थियो। खोपको दोस्रो मात्रा लगाएकाहरूलाई बुस्टर डोज लगाउन पनि जोड दिइने अधिकारीहरूले जनाएका छन्।

विज्ञ तथा सरोकारवालाको आन्तरिक संयुक्त बैठकमा अहिले लागू भइरहेका कतिपय प्रतिवन्धात्मक व्यवस्थाहरुलाई भने निरन्तरता दिनु उपयुक्त हुने सुझाव आएको थियो। उनीहरूले सामाजिक दुरी कायम गर्नुपर्ने, भिडभाड गर्न नहुने र मास्क अनिवार्य लगाउनुपर्ने लगायतका नियमलाई भने कडाइका साथ कार्यान्वयन गराउन आग्रह गरेका छन्।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो औपचारिक विवरणअनुसार आइतबार र सोमबारमा एक हजार नयाँ सङ्क्रमित थपिएका छन्। सन् २०२० को मार्चदेखि अहिलेसम्म श्रीलङ्गकामा छ लाख ११ हजार १८५ जना कोरोना भइरसबाट सङ्क्रमित भएका छन्। तीमध्ये १५ हजार ४४१ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ। -सिन्ह्वा

चर्चामा

सम्बन्धित समाचार