मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्री कार्यालयका ३ सचिव र ४० कर्मचारी संक्रमित

प्रधानमन्त्री कार्यालयका ३ सचिव र ४० कर्मचारी संक्रमित

  • सोमवार, माघ ३, २०७८
प्रधानमन्त्री कार्यालयका ३ सचिव र ४० कर्मचारी संक्रमित

धनगढी — मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार कोरोना महामारीको चपेटामा परेको छ। चार सचिवसहित एक सयभन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तीन जना सचिवलाई कोरोना भएको छ। सचिवहरू शिशिरकुमार ढुंगाना,रामप्रसाद थपलिया र कृष्णबहादुर रावतलाई कोरोना संक्रमण भएको हो। त्यस्तै,उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेशकुमार भट्टराईलाई पनि संक्रमण पुष्टि भएको छ। संक्रमित सचिवहरू सबै होम आइसोलेसनमा छन्।

सिंहदरबारमा संक्रमण पुष्टि भएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टिमले पिसिआर परीक्षण गरेको छ। प्रधानमन्त्री कार्यालयका मात्र ४० जना कर्मचारीलाई कोरोना पुष्टि भएको छ । तर,सिंहदरबारभित्र कति कर्मचारी संक्रमित भए भन्ने एकीकृत तथ्याङ्क भने छैन। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीका अनुसार कोरोना संक्रमण भएका कर्मचारीलाई कोभिड काज ९बिदा० दिने गरिएको छ । यस्तो बिदा बढीमा १४ दिन सम्मको हुन्छ।

चर्चामा

सम्बन्धित समाचार