मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • समाचार
  • कैलालीमा बन्चरो प्रहार गरी वडाध्यक्षको मोटरसाइकल तोडफोड, एक युवक पक्राउ

कैलालीमा बन्चरो प्रहार गरी वडाध्यक्षको मोटरसाइकल तोडफोड, एक युवक पक्राउ

  • सोमवार, माघ ३, २०७८
कैलालीमा बन्चरो प्रहार गरी वडाध्यक्षको मोटरसाइकल तोडफोड, एक युवक पक्राउ

धनगढी — कैलालीमा एक वडाध्यक्षको मोटसाइकल तोडफोड भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष जगतराम चौधरीको मोटरसाइकल तोड्फोड गरेको आरोपमा रमेश चौधरी पक्राउ परेका छन्।

आइतबार साँझ रमेशले वडाध्यक्षको से१ब ६७७ नम्बरको सरकारी मोटरसाइकल बन्चरोले तोड्फोड गरेका इलाका प्रहरी कार्यालय मालाखेतीले बताएको छ। इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार रमेश चौधरीविरुद्ध वडाध्यक्षले सार्वजनिक मुद्दा दर्ता गराएका छन्।

स्थानीयले वडाध्यक्षले मादकपदार्थ सेवन गरेको दाबी गरेका छन्। तर वडाध्यक्ष चौधरीले माघीको शुभकामना आदानप्रदानको समयमा रोकिएको मोटरसाइकलमा रमेशले बन्चरो प्रहार गरेको बताए। रमेशले केही दिन अगि विद्यालयमा समेत आगो लगाएको वडाध्यक्षले बताए। प्रहरीका अनुसार रमेशको मानसिक अवस्था कमजोर छ।

चर्चामा

सम्बन्धित समाचार